अस्ट्रेलियाको मेलबर्नमा फेरि लकडाउन घोषणा


प्रकाशित मिति : असार १७, २०७७ बुधबार

नोभेल कोरोना भाइरसको संक्रमण फैलिनबाट जोगाउनका लागि सरकारले अस्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नमा लकडाउन लागु गर्ने घोषणा गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार राति १२ बजेदेखि मेलबर्नमा लकडाउन जारी हुनेछ । अस्ट्रेलियाका अन्य सहरहरुमा लकडाउन खुकुलो बनाउनुका साथै करोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएका प्रतिबन्धहरु हटाउने क्रम चलिरहेका बेला मेलबर्नमा लकडाउन जारी गरिएको हो ।

स्थानीय मिडिया रिपोर्टका अनुसार मेलबर्नका नागरिकलाई अत्यावश्यकबाहेकको अवस्थामा घर बाहिर ननिस्किन आग्रह गरिएको छ ।

यो लकडाउन चार सातासम्म जारी रहने जनाइएको छ । तर, यस अवधिमा विद्यालय अथवा कार्यालयहरु र दैनिक उपभोग्य सामग्रीका लागि पनि प्रतिबन्ध लागु नहुने जनाइएको छ । यी स्थानहरुमा भौतिक दूरी कायम गर्न सुझाव दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेलबर्न आउने सबै उडानहरु रद्द गरिएका छन् । सहरमा अनावश्यक घुमिरहेको पाइएमा नियन्त्रणमा लिइने र जरिवाना तिर्नुपर्ने प्रावधान राखिएको छ ।

सरकारी तथ्यांकका अनुसार अस्ट्रेलियामा हालसम्म ७ हजार ९०० कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् भने १०४ जनाको मृत्यु भएको छ । – बीबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com