राजदूत दाहालले अनलाईनबाटै न्यूजिल्याण्डका लागि ओहोदाको प्रमाणपत्र बुझाए, नयाँ अनुभव अनौठो !


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले न्यूजिल्याण्डकि गभर्नर जनरल पास्टी रेड्डी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । क्यानबेरास्थित आफ्नै कार्यालयमा रही भिडियो कन्फ्रेन्सिंगमार्फत उनले न्यूजिल्याण्डको लागि नेपाली राजदूतको रुपमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । नेपाल सरकारले न्यूजिल्याण्डलाई समेत हेर्ने जिम्मेवारी उनलाई दिएको छ । उनी न्यूजिल्याण्डका लागि गैरआवासीय नेपाली दूत हुन् । गत मार्चमा तय भएको ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम कोरोना संक्रमणका कारण सर्दै गएको थियो । न्यूजिल्याण्डबाट भिडियो कन्फ्रेन्समार्फत बुझाउन सकिने जानकारी आएपछि मंगलबार यो व्यवस्था गरिएको हो ।

एमएनटीभसिँग कुरा गर्दै राजदूत दाहालले सम्भवतः कुटनीतिक क्षेत्रमै पहिलो पटक यस्तो भएको भन्दै आफुलाई अनौठो अनुभव भएको बताए । उनले भने, “तर, छोटो मीठो र फरक ढंगको अनुभव भयो । प्रत्यक्ष बसेर दुई देशको सम्बन्धका विषयमा चर्चा गर्न पाइन्थ्यो । यसले दुई पक्षबीच थप विश्वासको वातावरण बन्न सक्थ्यो । तर, यो महामारीपछि फेरि गएर भेट्नुपर्ला भन्ने योजना छ ।”

ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रममा यसअघि सैनिक टुकडीले सलामी दिने लगायतका कार्यक्रम समेत हुने गर्दथे । दुई देशबीचको कुटनीतिक सम्बन्धमा यो अवसरलाई महत्वपूर्ण रुपमा हेर्ने गरिन्थ्यो । कोरोना संक्रमणका कारण देशहरु लकडाउनमा भएकाले यस्तो अवस्था आएको हो ।

भिडियो कन्फ्रेन्समा राजदूत दाहालले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली जनताको तर्फबाट न्यूजिल्याण्डकी गभर्नर, त्यहाँको सरकार र जनतालाई शुभकामना दिएका थिए । उनले न्यूजिल्याण्ड सरकारले कोरोना भाईरसको संक्रमण रोक्नका लागि पाएको सफलताको लागि बधाई दिँदै त्यहाँ रहेको नेपाली समूदाय र नेपाली विद्यार्थीलाई यो कठीन परिस्थितिमा उपलब्ध गराएको सहायताका लागि समेत कृतज्ञता व्यक्त गरेका थिए । दुईदेशको सम्बन्धलाई नेपालले एच्च प्राथमिकता दिएको भन्दै राजदूत दाहालले कोरोना महामारीको अन्त्यपछि यसलाई अझ प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता जनाए ।

जवाफमा न्यूजिल्याण्डकी गभर्नर जनरल रेड्डीले कार्यकालको सफलताको लागि शुभकामना दिँदै नेपालको राष्ट्रपति, प्रधानमन्त्री र जनतालाई शुभकामना दिएकी थिइन् । सन् १९६१ देखिको दौत्य सम्बन्ध अझ मजबुत हुने आशा उनको थियो ।

यसअघिकी राजदूत लक्की शेर्पाले यसरी बुझाएकी थिइन् न्यूजिल्याण्डमा ओहोदाको प्रमाणपत्र –

माई नेपाल टेलिभिजनबाट साभार
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com