न्युयोर्कमा महामारीपछिको सबैभन्दा ठूलो कम्युनिटी रक्तदान नेपाली समुदायबाट


प्रकाशित मिति : असार १५, २०७७ सोमबार

प्रवासी नेपाली एकता मञ्चको आयोजनामा न्युयोर्क र टेक्सासको डायलसमा एकै दिन रक्तदान कार्यक्रम गरिएको छ ।

न्युयोर्कको उडसाइडमा रहेको सत्यनारायण मन्दिरमा ९१ जनाले रक्तदान गरे । १ सय ३७ जना उपस्थीत रहेपनि अरु भने योग्य भएनन् ।टेक्सासमा १७ जनाले रक्तदान गरेका छन् ।

न्युयोर्कको कार्यक्रमको संयोजन संस्थाका केन्द्रीय सदस्य कृष्ण आचार्यले गरे भने टेक्सासको कार्यक्रमको संयोजन संस्थाका केन्द्रिय सदस्य सुशील क्षेत्रीले गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कको रक्तदानमा अध्यक्ष टेक गुरुङ , महासचिव शंकर पन्त समेतको उपस्थिति रहेको थियो भने उनीहरुसहितले रक्तदान गरेका थिए । टेक्सासमा संस्थाका वरिष्ठ नेता भिम कार्की , कोषाध्यक्ष युवराज खनाल, ब्लड डोनर्स एसोसियसन अमेरिकाका शिव काफ्ले र पुर्व अध्यक्ष नन्द रेग्मी सहितले रक्तदान गरे ।

दुवै तर्फको रक्तदान कार्यक्रम एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर खिम बिक्रम भट्टराईले समन्वय गरेका थिए । न्युयोर्कको रक्तदानमा न्युयोर्क राज्यकी राज्यसभा सदस्य क्याटलिना क्रुज सहभागी भएर रक्तदातालाई धन्यवाद दिइन् ।

न्युयोर्कमा जनसम्पर्क समिति अमेरिकाका सभापती आनन्द विष्ट , एनआरएन अमेरिकाका उपाध्यक्ष बिआर लामा , आदिवासी जनजाती महासंघका अध्यक्ष लोक चेम्जोङ , विश्वभर रक्तदान अभियान संचालनको अभियान चलाउने र सर्वाधिक रक्तदान गर्ने अर्जुन मैनालीको सहभागिता रह्यो ।

त्यस्तै शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पा , तामाङ संघ अमेरिकाका अध्यक्ष लक्यान लामा, एनआरएनए अभियन्ता संजिव श्रेष्ठ , शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पा , द गुरुङ सोसाइटीका अध्यक्ष विजय गुरुङ, मगर संघ अमेरिकाका अध्यक्ष कुलदिप राना मगर, युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका अध्यक्ष मुना राई गुरुङ , एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी सहभागी रहे ।

कार्यक्रम व्यवस्थित भएको र व्लड सेन्टरको लक्ष्य भन्दा धेरैजनाले रक्तदान गर्न सफल भएको भन्दै व्लड सेन्टर डारेक्टर अशाद अव्वुदुलले खुशी व्यक्त गरे । न्युयोर्कमा कोरोनाको महामारीका समयमा यो नै सबै भन्दा ठुलो कम्युनिटी रक्तदान भएको उनले जानकारी दिए ।

कार्यक्रम सम्पन्न भैसकेपछि प्रवासी नेपाली एकता मंचका अध्यक्ष टेक गुरुङ , कार्यक्रम संयोजकहरु कृष्ण आचार्य र सुशील क्षेत्री सहित संस्थाका पदाधिकारीदेखि केन्द्रिय सदस्यहरु समेतले रक्तदाता र स्वयमसेवकहरुलाई धन्यवाद दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com