बेलायतमा कोरोना संक्रमणबाट थप एक सयको मृत्यु


प्रकाशित मिति : असार १३, २०७७ शनिबार

बितेको २४ घन्टाभित्र बेलायतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप एक सय जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

यो संख्या शनिबार हुने मृत्युमध्ये लकडाउन यताकै सबैभन्दा न्यून भएको बताइएको छ ।

योसंगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ हजार ५ सय १४ पुगेको छ ।

२४ घन्टामा थप ८ सय ९० जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै कूल संक्रमितको संख्या ३ लाख १० हजार २ सय ५० पुगेको छ ।

बेलायत सरकारले संक्रमण घट्दै गएपछि लकडाउन समेत क्रमशः खुकुलो पार्दै लगेको छ ।

आगामी साता ४ जुलाइदेखि इंग्ल्याण्डमा पब, रेष्टुरेन्ट, कपाल काट्ने सैलुन जस्ता व्यवसाय खुल्ने तयारीमा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com