विश्‍वमा कोरोना संक्रमितको संख्या ९९ लाख नजिक, ४ लाख ९४ हजार बढीको मृत्यु


प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार

विश्वमा कोरोना भाइरस संक्रमितको कूल संख्या ९८ लाख २१ हजार ६ सय ६५ पुगेको छ।

कोभिड-१९ विश्‍वव्यापी महामारीबाट पछिल्लो ६ महिनामा ४ लाख ९४ हजार २ सय ३४ जनाको मृत्यु भएको छ।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार संक्रमितमध्ये हालसम्म ५३ लाख ३ हजार ८ सय ४९ जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।

हाल विश्वका बिभिन्न अस्पताल र घरमै बसेर ३९ लाख ५७ हजार ५ सय ३१ जना कोरोनाको उपचार गराइरहेका छन्। उनीहरूमध्ये ५७ हजार ६ सय ३१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने भने ३८ लाख ९९ हजार ९ सय सामान्य छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com