शनिबार २ सय १७ जना स्वदेश फर्कदैै, काठमाडौंबाट ३८ जना मेलबर्न आउने !


प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार

नेपाल वायुसेवा निगमको चार्टड फ्लाईट मार्फत २ सय १७ जना स्वदेश फर्कन लागेका छन् । नेपाली दूतावास अष्ट्रेलिया, एनआरएन लगायतका संघसंस्थाले यात्रुहरुको लागि सहजीकरणको कार्य गरिरहेका छन् । पहिलो उडान सिड्नीमा भएको थियो । नेपाल फर्कन लागेका २ सय १७ जनामध्ये १० जना विजनेस क्लासमा यात्रा गर्नेछन भने बाँकी ईकोनोमी क्लासमा यात्रा गर्नेछन् । काठमाडौंबाट साँझ ७ बजे उडेको विमान शनिबार विहान १० बजेर ५० मिनेटमा मेलबर्न एयरपोर्टमा आइपुग्नेछ भने अष्ट्रेलियाको मेलबर्नबाट मध्यान्ह १२ बजेर ५० मिनेटमा फिर्ता जाने तय भएको छ । नेपाल फर्कने यात्रुहरुले अनिवार्य पीसीआर टेष्ट गरेर नेगेटिभ नतिजा आएको प्रमाण पेश गर्नुपर्नेछ ।

मेलबर्नमा पहिलो पटक नेपाल एयरलाईन्सको विमान आउन लागेको हो । काठमाडौंबाट सिधै मेलबर्न आउने विमान फर्कदा भने मलेसियाको क्वालालम्पुर हुँदै काठमाडौं जानेछ ।

स्वदेश फर्कने चाहने नेपाली नागरिकहरुको लागि सरकारले स्वीकृति दिएपछि नेपाल एयरलाईन्सले सञ्चालन गरेको चार्टड फ्लाईटको भाडादर १६ सय १५ तोकिएको छ । अष्ट्रेलियामा रहेका विभिन्न संघसंस्थाको पहलमा यसपछिको फ्लाईटहरुमा कम भाडादरमा लैजाने प्रयास भइरहेको छ ।

नेपालबाट भने अष्ट्रेलियाको पीआर भएकाहरु, यहाँका नागरिकहरु मात्र आउन पाउने व्यवस्था भएका कारण ३८ जना मात्रै आउन पाएका हुन् । यसअघि नेपालस्थित अष्ट्रेलियन दूतावासले तीनवटा चार्टड फ्लाईट सञ्चालन गरेको थियो । तीनवटै फ्लाईट नेपाल एयरलाईन्सले नै गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com