अमेरिकाबाट २४६ नेपाली काठमाडौं प्रस्थान, चार्टड भनेर चर्को भाडामा कतार एयरवेजको नियमित उडान


प्रकाशित मिति : असार ११, २०७७ बिहीबार

अमेरिकाबाट २४६ जना नेपाली लिएर आज कतार एयरवेजको विमान दोहाका लागि प्रस्थान गरेको छ । ती नेपालीहरुलाई दोहाबाट काठमाडौं लगिने जनाइएको छ ।

अमेरिकामा रोकिएका नेपालीलाई चार्टड विमानबाट लगिने भन्दै प्रतिव्यक्ति १६ सय डलरका दरले टिकट काटिएपनि नियमित उडानमार्फत दोहा लगिएको खुलासा भएको छ । यो भाडादर अन्य समयको दुईतर्फी भाडादरभन्दा दोब्बर हो । न्युयोर्कबाट १० जना नेपालीहरु नियमित उडानमार्फत दोहातर्फ गएको र दोहा पुगेपछि उनीहरुलाई नेपाल जाने उडानमा राखिने जनाइएको छ ।

त्यस्तै टेक्सासबाट २३६ जना नेपालीहरु लिएर कतार एयरवेजको क्वुआर ७३० नम्बरको उडान स्थानीय समय अनुशार आज बेलुका ६ बजेर ४८ मिनेट जाँदा टेक्सास फोर्ट वर्थ विमानस्थलबाट दोहातर्फ प्रस्थान गरेको छ । कतार एयरवेजको वेवसाइट अनुशार उक्त उडान जुन २६ मा बेलुका ५ बजेर ६ मिनेट जाँदा दोहामा अवतरण गर्नेछ ।

उक्त उडान अमेरिकाबाट दोहा जाने नियमित उडान रहेको कतार एयरवेजको वेवसाइटमा उल्लेख छ । उक्त विमानस्थलबाट हरेक दिन बेलुका ६ बजेर १० मिनेटमा कतार एयरवेजको विमान दोहा जाने तालिका रहेको छ । आजको उडानमा नेपालीबाहेक अन्य यात्रुहरुलाई चढाएको वा नचढाएकोबारे केही जानकारी प्राप्त भएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कतार एयरवेजले जुन २३ मा वासिंटन डिसीबाट नेपालीहरु लिएर चार्टड उडान गर्ने बताइएको थियो । तर प्रयाप्त टिकट नविकेपछि उक्त उडान रद्द गरिएको थियो । टेक्सास जान असुविधा भएपछि केही यात्रुलाई न्युयोर्कबाटै नियमित उडानबाट पठाइएको छ ।

यी उडानहरु नियमित उडान भए नभएकोबारे आफूलाई केही जानकारी नदिइएको न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com