अमेरिकाले मारेको ९ वर्षपछि ओसामा बिन लादेनको तस्वीर फुटबल मैदानमा


प्रकाशित मिति : असार ११, २०७७ बिहीबार

ओसामा बिन लादेनको २ मे, २०११ मा पाकिस्तानको एबोटाबादमा अमेरिकी सेनाले हत्या गरेको थियो । तर इंग्ल्यान्डको एक फुटबल खेलका क्रममा बुधबार खाली रंगशालामा अल कायदाका पूर्व प्रमुख बिन लादेनको तस्वीर देखिएको छ।

कोरोना भाइरसको संक्रमणको खतराका कारण रंगशालामा समर्थकहरुलाई जान अनुमति छैन । रंगशालाको सिटमा दर्शकको अनुपस्थितिमा आयोजकले केही मानिसको कटआउट लगाएको थियो ।

तर यो क्रममा ओसामा बिन लादेनको फोटो समेत राखियो । लिड्स युनाइटेडले आफ्ना दर्शकलाई आफ्नो कटआउट रंगशालामा लगाउनका लागि आवेदन दिन अफर गरेको थियो । जसका लागि २५ पाउन्ड तिर्नुपर्दथ्यो ।

एक फुटबल समर्थकले प्रयांक गर्दै ओसामा बिन लादेनको तस्वीर पठाएका थिए । आयोजकले फोटो दर्शकको सिटमा राखेका थिए । खेल लिड्स र फुलह्यामबीच २७ जुनमा एलान्ड रोड मैदानमा हुँदैछ ।

केही ट्वीटर प्रयोगकर्ताले क्लबको यो गल्ती पकडे र लेखे, ‘२०२० मा हामी अरु के आशा गर्न सक्छौं ।’ वी अल लभ लिड्स नामको युजरबाट लेखिएको छ, ‘धन्यवाद लिड्स युनाइटेड फुटबल क्लब, म लादेनको छेउमा बसेको छु ।’ अन्य धेरै ट्वीटर प्रयोगकर्ताले पनि यो गल्तीको मजाक उडाएका छन् । सामाजिक सञ्जालमा मजाक उडाइएपछि सो लादेनको कटआउट हटाएको छ । लिड्स युनाइटेडले यो तस्वीर पठाउने समर्थकबारे पूर्ण रुपमा अनुसन्धान हुने जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com