विश्वभर संक्रमित बढी रहँदा अक्सिजन आपूर्तिमा संकट आउने डब्ल्यूएचओको चेतावनी


प्रकाशित मिति : असार ११, २०७७ बिहीबार

प्रत्येक साता विश्वभर कोरोना भाइरस संक्रमणको दस लाख नयाँ केस पुष्टि भइरहेको जनाइएको छ । यसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले अस्पतालमा अक्सिजन कन्सनट्रेटरको आपूर्तिमा संकट हुन सक्ने चतावनी दिएको छ ।

कोरोनाबाट पीडित बिरामीहरूलाई सास फेर्न गाह्रो हुँदा अक्सिजनको अति आवश्यक हुने गर्छ । डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानोम गेब्रीयसुसले भने, धेरै देशहरुको अस्पतालका लागि अक्सिजन कन्सनट्रेटरको आपूर्ति पाउन गाह्रो भइरहेको छ । जति आपूर्ति भइरहेको छ त्यो भन्दा बढी माग रहेको छ । डब्ल्यूएचओले १४ हजार अक्सिजन कन्सनट्रेटर गरेको जनाइएको छ ।

डाक्टर टेड्रोसले हेल्थ एजेन्सीको योजना अक्सिजन कन्सनट्रेटर आउने हप्तामा एक सय २० देशलाई पठाउनुपर्ने बताएका छन् । दस करोड डलरको लागतबाट एक लाख ७० हजार अक्सिजन कन्सनट्रेटर अझै खरिद गर्नुपर्ने र जुन अर्को ६ महिनामा उपलब्ध हुने जनाइएको छ ।

बिहीबार विश्वभर कोरोना भाइरसको संक्रमण ९४ लाख भन्दा बढी पुगेको बीबीसीमा उल्लेख छ । डब्ल्यूएचओले यो हप्ताको अन्तसम्ममा विश्वमा कोरोना संक्रमणको केस एक करोड भन्दा बढी पुग्ने अनुमान लगाएको छ । अहिलेसम्म यो महामारीले ४ लाख ८० हजार जनाको ज्यान लिइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com