आइफेल टावर १०४ दिनपछि खुल्यो
प्रकाशित मिति : असार ११, २०७७ बिहीबार

कोरोनाभाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टावर १०४ दिनपछि पहिलोपटक बिहीबारदेखि पुनः खोलिएको छ ।
विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको आइफेल टाबर अझै केही समय पर्यटकका लागि खुला नगरिने जनाइएको छ ।
सामाजिक दूरीका नियम पालना गर्नुपर्ने भएका कारण टावरको लिफ्ट भने बन्द गरिने छ ।
माई नेपाल टेलिभिजन