इम्पेरियल कलेजद्वारा कोरोना भ्याक्सिनको मानव परीक्षण सुरु


प्रकाशित मिति : असार ११, २०७७ बिहीबार

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणबाट जोगाउन बेलायतमा बन्दै गरेको खोपको  मानवमा परीक्षण शुरु भएको छ ।

इम्पेरियल कलेजद्वारा विकास गरिएको  खोपको परिक्षण गर्न लागिएको हो । परीक्षणको लागि सबैभन्दा पहिलो खोप फाइनान्समा कार्यरत ३९ वर्षीया स्वयंसेवक क्याथीलाई दिइएको छ ।

भाइरससंग लड्नको लागि भूमिका निर्वाह गर्न चाहने उनले बताएकी छन् । भ्याक्सिनको विकास नभएसम्म सामान्य अवस्थामा जान सम्भव नभएकोले आफू पनि यसको उपलब्धिको एक हिस्सा बन्न चाहेको उनले बताइन्  

इम्पेरियल कलेज बेलायतका प्रोफेसर रबिन स्याटकको नेतृत्वमा गरिन लागिएको सो परीक्षण आउँदो हप्ता तीन सय जनामा गरिने भएको छ ।

यसअघि जनावरमा  गरिएको सफल परिक्षणले खोप सुरक्षित, प्रभावकारी र प्रतिरक्षा प्रणालीको लागि उपयुक्त हुने अनुमान गरिएको छ ।

पहिलो चरणको यस परीक्षणछि  आगामी अक्टुबरमा दोस्रो चरणको परीक्षण गरिने भएको छ । जसअन्तर्गत ६ हजार स्वयंसेवकहरुमा परिक्षण गरिनेछ ।

इम्पेरियलको खोप विकास टोलीले दिएको जानकारी अनुसार उक्त भ्याक्सिन सन् २०२१ को आरम्भबाट बेलायत लगायत अन्य मुलुकमा समेत वितरण गरिनेछ ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले यसअघि नै कोरोनाभाइरस संक्रमणबाट जोगाउन विकास गरेको खोपको मानव परीक्षणहरू शुरू गरिसकेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com