रुकुम काण्डका प्रेमीकाकी आमा र अन्य तीन जना धरौटीमा छुटे


प्रकाशित मिति : असार १०, २०७७ बुधबार

जिल्ला अदालत रुकुमले रुकुमको सोती घटनाका आरोपित मध्ये २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका संलग्न भएको आरोप लागेका वडाध्यक्ष डम्मरबहादुर मल्लसहित २३ जनालाई अभियुक्तलाई पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रुकुमकोटले आदेश गरेको हो।

यस्तै घटनामा जोडिएकी भनिएकी प्रेमिकाकि आमालाई अदालतले एकलाख धरौटीमा छाडेको छ ।गएको जेठ १० गते जाजरकोट बाट रुकुमको चौरजहारी ८ सोती स्थित गाउँमा आएका ६ जना युवाको हत्यामा संलग्न भएको भन्दै प्रहरीले ३४ जना बिरुद्ध जिल्ला अदालत पश्चिम रुकुममा मुद्दा दर्ता गरेको थियो ।

त्यस मध्ये २९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।हाल पाँच जना आरोपित अझै फरार रहेका छन । दुई जना नाबालकलाई केही दिन अगाडि अदालतको फैसलाले सुधार गृहमा पठाउने आदेश गरिसकेको अधिवक्ता आरसी गौतमले बताउनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com