नेपाली सेनालाई अमेरिकाको सहयोग


प्रकाशित मिति : असार १०, २०७७ बुधबार

नेपाली सेनालाई ४ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको स्वास्थ्य सामाग्री अमेरिकाले सहयोग गरेको छ । जंगी अड्डामा आयोजिक एक कार्यक्रमका बीच नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

उक्त सामाग्री कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणका लागि ‘राष्ट्रिय अभियान सफल बनाउन उपलव्ध गराएको जंगी अड्डाले जनाएको छ । प्रधानसेनापति थापाले अमेरिकाको सहयोगप्रति आभार प्रकट गनुभएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com