प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एक पद छाड्नुपर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव


प्रकाशित मिति : असार १०, २०७७ बुधबार

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता हुँदा गरिएको शक्ति बाँडफाँडसम्बन्धी सम्झौता छाडेर गल्ती गरेको बताउनुभएको छ । बुधबारबाट सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आधा–आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति छाड्नु गल्ती भएको बताउनु भएको हो ।

‘मैले पहिला पार्टी एकता हुँदाको सम्झौता छाडेर पार्टीको हकमा जे लाभ हुन्छ भनिएको थियो त्यो भएन । त्यो गल्ती गरिएछ भन्ने महशुस भएको छ,’ प्रचण्डको भनाईलाई उद्धृत गर्दै नेकपा एक नेताले बताउनुभयो । पार्टी एकता हुनुभन्दा एक दिन अगाडि अर्थात ०७५ जेठ २ गते ६ बुँदे सहमतिमा समानता र समान अवधिका आधारमा आबश्यकताअनुसार दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने विषय पनि थियो । ०७६ मंसिर ४ गतेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने र ओलीले पाँच बर्ष सरकार चलाउने सहमति गरेको थियो ।

बैठकमा अध्यक्ष प्रचण्डले घुमारो पाराले अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छाड्न ओलीसमक्ष प्रस्ताव गरेको बैठकमा सहभागि एक नेताले बताउनुभयो । उहाले भन्नु भयो वैठकमा प्रचण्डले ‘अब हाम्रा अगाडि दुई बाटो छन् ।

पार्टी र सरकार संकटमा छ । एउटा, संघर्ष गरेर फुटको बाटो । कुनै पनि हालतमा त्यो बाटो जानु हुँदैन, एकता गरेर जानुपर्छ । त्यो नै उत्तम बाटो हो । त्यसको निम्ति हामी त्याग गर्न तयार हुनुपर्छ । हामी को कोले त्याग गर्दा हुन्छ त्यसमा तयार हुनुपर्‍यो ।’ भन्नु्भयो । बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com