‘लकडाउन खुले लगत्तै सार्वजनिक यातायात सहज सञ्चालन गाह्रो’


प्रकाशित मिति : असार १०, २०७७ बुधबार

लकडाउन पूर्ण रुपमा खुलेपछि सार्वजनिक यातायात सहज रुपमा सञ्चालनमा आउन थप समय लाग्ने यातायात व्यवसायीले बताएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष विजय स्वारले लकडाउन खुले लगत्तै सार्वजनिक यातायात सहज रुपमा नखुल्ने बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको वेबिनारमा उनले यातायातका साधनमा पनि भौतिक दूरी कायम गर्नुपर्ने, लामो समयदेखि गाडी थन्किएकाले मर्मत गर्न समय लाग्ने भएकाले लकडाउन खुले लगत्तै पनि सहज हुन समय लाग्ने बताए ।

उनले आगामी मौद्रिक नीतिले ऋणको पुनर्तालिकीकरणको व्यवस्था गरिनुपर्ने बताए । उनले सार्वजनिक यातायात व्यवसायीका लागि ऋणको तिर्ने अवधि तीन वर्षसम्म थप्नुपर्ने पनि बताए । सार्वजनिक यातायात क्षेत्रमा मध्यम वर्गको लगानी रहेकोप्रति मौद्रिक नीतिले हेक्का राख्नुपर्नेमा उनले जोड दिए ।

“३ लाख ५० हजार सार्वजनिक यातायातका साधन छन् । त्यसमा ठूला घरानाको लगानी छैन । सबै मध्यम वर्गीयको लगानी छ । त्यसैले मौद्रिक नीतिले त्यसतर्फ ध्यान दिनुपर्छ ।” उनले भने । सार्वजनिक यातायात क्षेत्रलाई रुग्ण उद्योग घोषणा गर्न पनि उनले माग गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१० प्रतिशत डाउन पेमेन्टमा सवारी साधन खरिद गर्न पाउनुपर्छ

यता, अटोमोबाइल एसोसिएसन अफ नेपाल नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आगामी मौद्रिक नीतिले १० प्रतिशत डाउन पेमेन्टमा गाडी, मोटरसाइकल खरिद गर्न पाउने व्यवस्था मिलाउनुपर्ने बताए । उनले ब्याजदर घटाउनुपर्ने, ऋणको किस्ता तिर्ने अवधि ६ देखि १ वर्षसम्म पुनर्तालिकीकरण गर्नुपर्ने बताए ।

पूर्वसचिव तुलसी सिटौलाले सार्वजनिक यातायातका साधन ५० प्रतिशत सिट क्षमतामा चलाउन तयार हुनुपर्ने बताए । भौतिक दूरी कायम गर्नुपर्ने भएकाले ५० प्रतिशत क्षमतामा गाडी चलाउन व्यवसायी तयार हुनुपर्ने बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com