फोहर गर्नेको विवरण दिनेलाई पुरस्कार


प्रकाशित मिति : असार १०, २०७७ बुधबार

दाङको  तुलसीपुर उपमहानगरपालिकाले फोहर गर्ने व्यक्तिको विवरण दिनेलाई पुरस्कार दिने नीति ल्याएको छ । उपमहानगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममा फोहर गर्ने व्यक्तिको तस्वीर र भिडियोसहितको विवरण राखी जानकारी दिने व्यक्ति वा संस्थालाई पुरस्कार प्रदान गरिने उल्लेख छ ।

जथाभाबी फोहर फाल्दा बजारको फोहर बाढीले बगाएर किसानको खेतबारीमा पुर्याउँदा खेती गर्न समस्या हुने र उत्पादन घट्ने समस्या देखिएपछि नगरपालिकाले यस्तो नीति बनाएको नगर प्रमुख घनश्याम पाण्डेले बताए । त्यस्तै फोहोर गर्ने व्यक्तिलाई आवश्यक कारबाही गरिनाका साथै फोहोर गर्नेले मोहर तिर्नुपर्छ भन्ने अवधारणा लागु गरिने छ । टोल विकास संस्थालाई आफ्नो टोल आफैँ सफा राखौँ अभियानमा सहभागी गराउँदै ग्रिन तुलसीपुर, क्लिन तुलसीपुर अभियानलाई नगरका सबै क्षेत्रमा विस्तार गरिने तथा बेवारिसे लाश र मरेका चौपायाको तत्काल व्यवस्थापन गरिने नीति सार्वजनिक गरिएको छ ।

फोहोर मैला संकलन तथा सरसफाइमा खट्ने कर्मचारीको स्वास्थ्य परीक्षणलगायत अन्य सुरक्षा मापदण्ड अपनाइने र सरसफाइ तथा फोहोर मैला व्यवस्थापनमा टोल विकास संस्था, निजी क्षेत्र सहकारी र समुदायबीच सहकार्य गरिनेछ । त्यसैगरी स्थायी ल्याण्डफिल साइटको व्यवस्था गरिने नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । बजारमा प्लाष्टिक झोलामा कडाइ गरेको उपमहानगरपालिकाले नगर क्षेत्रभित्र २० माइक्रोनभन्दा कमको प्लाटिक झोला प्रयोगमा निषेध गर्ने नीति तथा कार्यक्रममा ल्याएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com