पोर्चुगलमा पछिल्लो २४ घण्टामा संक्रमित र मृत्यु हुनेको संख्यामा बृद्धि
प्रकाशित मिति : असार ९, २०७७ मंगलबार

पोर्चुगलमा पछिल्लो २४ घण्टामा संक्रमित र मृत्यु हुनेको संख्यामा बृद्धि भएको छ । तथ्यांक अनुसार सो अवधिमा नयाँ संक्रमित र मृत्यु हुनेको संख्या क्रमशः ३४५ र ६ रहेको छ । अघिल्लो दिन यस्तो संख्या क्रमशः २५९ र ४ थियो ।
कछुवा गतिमा बढेको संक्रमणलाई ध्यानमा राखेर पोर्चुगल सरकारले केही कडाई गर्ने भएको छ । उसले राजधानी लिस्वन र आसपासका क्षेत्रहरुलाई लक्षित गरी आज राति १२ बजेबाट नयाँ नियम लागु गर्दैछ । व्यवसायिक प्रतिष्ठानहरु साँझ ८ बजे बन्द गर्नुपर्ने, १० जना भन्दा बढि व्यक्ति हिंडडुल र पार्टीमा जम्मा हुन नहुने जस्ता नियम ल्याएको छ । जसले कोरोना संक्रमणको बृद्धिदरमा कमी ल्याउने अपेक्षा गरिएको छ ।