मेक्सिकोमा मंगलबार शक्तिशाली भूकम्प गएको छ । मेक्सिकोको ओक्साका राज्यमा गएको सो भूकम्पको क्षति विवरण भने आइसकेको छैन । अमेरिकाको भूगर्भ विभागले ७.४ म्याग्निच्युडको भूकम्पको गएको जनाएको छ । भूकम्प यति तिव्र गतिमा गएको थियो कि भवनहरु तिव्र गतिमा हल्लिएका थिए भने हज्जारौं मानिसहरु घर बाहिर निस्किएका थिए ।
भूकम्पको केन्द्रबिन्दु ओक्साका छेउको प्रशान्त महासागरको तटमा परेको जनाइएको छ । यसअघि सन् २०१७ मा पनि त्यहाँ २ पटक भूकम्प गएको थियो । त्यसबेला सेप्टम्बर ८ मा ८.१ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा परे र १५० जनाको ज्यान गएको थियो । सोही वर्ष दोश्रो पटक सेप्टेम्बर २० मा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा ५ सयभन्दा बढीको ज्यान गएको थियो । त्यसबेला भने जताततै विनाशका दृष्यहरु देखिएका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।