प्रयास नगरेको भए अमेरिकाले कोरोनाबाट २० देखि ४० लाख नागरिक गुमाउथ्यो : ट्रम्प


प्रकाशित मिति : असार ९, २०७७ मंगलबार

अमेरिकामा आधिकारिक तथ्यांक अनुसार कोरोनाबाट हालसम्म एक लाख २० हजार भन्दा बढी मानिस मरेका छन् ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अन्तर्वातामा ति संख्याहरू १ अथवा डेढ लाख बढी हुन सक्ने बताएका छन् ।

टेलिभिजन च्यानल स्पेक्ट्रम न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले यदि अमेरिकाले यसलाई घटाउने प्रयास नगरेको भए २० देखि ४० लाख मानिसहरू गुमाउने निश्चित भएको पनि बताएका छन् ।

यस अघि १६ मार्चमा लण्डनको इम्पेरियल कलेजको एक रिपोर्टमा यदि अमेरिकामा कदम चालेन भने त्यहाँ २२ लाख मानिस मारिन सक्ने अनुमान गरिएको थियो ।

यद्यपि अमेरिकाका केही क्षेत्रहरुमा नयाँ केसहरुमा कमी आएको देखिए पनि टेक्सास, फ्लोरिडा र क्यालिफोर्निया लगायत २३ राज्यहरुमा संक्रमित घटनाहरु अझै बढ्दैछन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com