महामारीमा नेपाली रेष्टुरेन्टले खुवाए निशुल्क खाना


प्रकाशित मिति : असार ९, २०७७ मंगलबार

महामारीका बेला नेपाली रेष्टुरेन्टले व्यापार बन्द भएपनि स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिएका आपतकालिन सेवाका कर्मचारीलाई निशुल्क खाना खुवाएर मानवीय भावना प्रस्तुत गरेका छन् ।

फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टले स्थानीय अस्पतालका स्वास्थ्यकर्मीहरुलाई निशुल्क खाना वितरण गरेको छ । वर्षेनी विभिन्न च्यारिटी कार्यक्रम गर्दै आएको गोर्खा प्यालेसले महामारीको बेला अग्रमोर्चामा खटिनेहरुप्रति ऐक्यबद्धता जनाउन र हौसला बढाउने कोशिस गरेको सञ्चालक समाजसेवी सुर्य गुरुङ बताउँछन् ।

न्यू हवेलीका सञ्चालक खड्काले कि वर्कर, एनएचएस स्टाफ र ७० वर्षमाथिका वृद्धवृद्धालाई करिब ५ सय बट्टा खाना निशुल्क बांडिएको बताए । ७० वर्ष माथिका वृद्धवृद्धाका लागि घरमै खाना उपलब्ध गराएका खड्काले प्रत्येक बिहीबार एनएचएस कर्मचारी र अरु दिन रेष्टुरेन्टमै आउनेलाई निशुल्क खाना बांडेका थिए ।

‘कम्युनिटीले दिएको छ भने हामीले पनि दिनु पर्छ भन्ने मेरो मान्यता हो’, खड्काले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एभरेष्ट इनले केयर होमका वृद्धवृद्धा र कि वर्करका लागि करिब १८ सय लन्चबक्स निशुल्क वितरण 
गरिएको जनाएको छ ।

लुइसम लि हाइरोडस्थित पानस गोर्खा रेष्टुरेन्ट सञ्चालक सुजन कटुवालले लकडाउनका बेला स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई करिब ५ हजार बट्टा खाना, १५ सय पानीका बोटल, दुईवटा कमर्सियल फ्रिज, ८ हजार अल्कोहलयुक्त वाइप्स् निशुल्क प्रदान गरिएको जनाए । पानसले लुइसम अस्पतालमा कार्यरत कर्मचारीलाई इदको अवसरमा हरियो सागसब्जी समेत निशुल्क दिएको थियो ।

अल्डरसटको भेटघाट, ग्रेसटस्थित बेलीफ, डोरसेटस्थित ‘द २९०२९’ लगायत अन्य कयौं रेष्टुरेन्टले पनि किवर्करलाई निशुल्क खाना ख्वाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com