कोरोना रोकथामका लागि पोर्चुगल सरकार कठोर बन्दै


प्रकाशित मिति : असार ९, २०७७ मंगलबार

कोरोनाको महामारी बढ्दै गएपछि पोर्चुगल सरकार कठोर रुपमा प्रस्तुत हुने भएको छ । उसले नयाँ नियमसहित मंगलबारदेखि केही कडाई गर्ने भएको हो ।

राजधानी लिस्वन र आसपासका क्षेत्रमा संक्रमितको संख्यामा बृद्धि भएपछि सरकारले मंगलबार मध्यरातदेखि लागु हुने गरी सबै वाणिज्य प्रतिष्ठानहरू साँझ ८ बजे र रेष्टुरेन्टहरु राति ११ बजे बन्द गर्ने र १० जना भन्दा बढी भेला हुन नपाउने भएको छ ।

प्रधानमन्त्री एन्तोनियो कोस्ताले कोरोना रोकथामका लागि लिस्बनको निश्चित क्षेत्रका लागि भन्दै यस्तो नियम लगाउनुपरेको बताएका छन् । उनका अनुसार लिस्बन र आसपासका क्षेत्रहरु सिन्ट्रा, अमाडोरा, लुरेस, ओडिभलास लगायत पाँच नगरपालिकाहरू कोरोनाको उच्च जोखिममा छन् । सरकारले सडक क्षेत्रमा पनि प्रहरीको उपस्थितीलाई बाक्लो बनाउने भएको छ । नियम उल्लंघन गर्नेलाई जरिवाना गरिने पनि बताइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com