कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका १ जनाको कोरोना संक्रमितको मृत्यु


प्रकाशित मिति : असार ९, २०७७ मंगलबार

कर्णाली प्रदेश अस्पतालमा रहेको आइसोलेशनमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैलेखको दुल्लुु नगरपालिका वडा नं ३ का ४५ वर्षिय पुुरुषको कोरोना संक्रमणका कारण मंगलबार मृत्यु भएको अस्पतालले पुुष्टी गरेको छ ।
अस्पतालका कोरोना फोर्कल पर्सन डा. केएन पौडेलले कोरोना संक्रमणका कारण उनको मृत्यु भएको पुुष्टी गर्नुभयो ।

मृत्तक पुुरुषले क्षयरोगका बिरामी हुनुहुन्थ्यो । उहाँले दुुईअढाई वर्षदेखि क्षयरोगको औषधि सेवन गर्दै आएका थिए । डा। पौडेलले मृत्तक असार ३ गते उपचारका लागि दैलेखबाट आएको जानकारी दिनुुभयो ।

दैलेखबाट आएको भोलिपल्टै उनको कोरोना परीक्षण गरिएको थियो । रिर्पोट पोजेटिभ आएपछि उहाँलाई आइसोलेशनमा राखेर उपचार गरिएको थियो । उहाँलाई कसरी कोरोना संक्रमण भयो भन्ने खुलेको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com