विदेशबाट नेपाली फर्काउने उद्धार उडान धमाधम


प्रकाशित मिति : असार ९, २०७७ मंगलबार

मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार पनि विभिन्न मुलुकबाट धमाधम नेपालीको उद्धार उडान भइरहेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले यात्रु उद्धार उडान गर्दैछन् ।

जजीरा, कतार, कोरियनलगायत एयरलाइन्सले पनि नेपालमा चार्टर्ड उडान गर्ने जनाइएको छ । अष्ट्रेलिया, कतार, कुवेतलगायत मुलुकबाट मंगलबार पनि नेपाली चार्टर्ड उडानमार्फत स्वदेश फर्कदैछन् ।

मंगलबार मात्रै अन्तर्राष्ट्रिय नौ र आन्तरिकतर्फ आठ उडान हुने विमानस्थलले जनाएको छ । नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नीबाट २ सय ५९ नेपाली काठमाडौँ ल्याउँदैछ । गएराति सिड्नी उडेको नेपाल एयरलाइन्सको वाइड बडी जहाज उताबाट यात्रु भरेर काठमाडौँका लागि उडिसकेको बताइएको छ । एयरलाइन्सको अन्य मुलुकबाट पनि उडान गर्ने तालिका छ ।

आज हिमालय एयरलाइन्सको दोहाबाट पहिलो चरणको दोस्रो उडानबाट १४५ नेपाली स्वदेश फर्केको कतारस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ । कोभिड– १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपाली भएको दूतावासले उल्लेख गरेको छ । नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरुप पहिलो चरण अन्तर्गत दोस्रो उडानमार्फत दोहाबाट काठमाडौँका लागि हिमालय एयरलाइन्सको उडानबाट १४५ नेपाली फर्किएको जनाएको छ । यी उडानमा एक गर्भवतीसहित ६१ महिला र ८४ पुरुष रहेको दूतावासले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोही एयरलाइन्सले आज कुवेतबाट नेपालीको उद्धार उडान गरी काठमाडौँ ल्याउने कार्यतालिका छ । चार दिनयता दैनिक १० वटासम्म अन्तर्राष्ट्रिय उडान भइरहेको छ । सोमबार अन्तर्राष्ट्रियमा १० र आन्तरिकमा सात उडान भएका थिए । आइतबार दुवै गरी १६ र शनिबार १५ उडान भएको विमानस्थलले जनाएको छ । विदेशबाट नेपाली उद्धारका लागि बाक्लो संख्यामा चार्टर्ड उडान भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । यो प्रक्रिया जुन महिनाभर चल्नेछ ।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले जुन महिनाभरका लागि उडान तालिका सार्वजनिक गरिसकेका छन् भने विभिन्न मुलुकाट हुने उद्धार उडानको पनि तालिका बनेको छ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज प्रयोग भएका छन् । सरकारले विभिन्न मुलुकमा अलपत्र करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com