लमजुङ उदीपुरका ६० परिवारलाई वेलफेयर सोसाइटी युकेद्धारा यस्तो राहत


प्रकाशित मिति : असार ८, २०७७ सोमबार

लमजुङको बेसीशहर नगरपालिका–१ उदीपुरका ६० घरपरिवारलाई वेलफेयर सोसाइटी युकेले राहत वितरण गरेको छ । वेलफेयर सोसाइटी युकेका अध्यक्ष धनबहादुर सार्कीको सहयोगमा उक्त राहत प्रदान गरिएको हो ।

आफ्नो पहलमा दैनिक ज्यालादारी तथा मजदुरी गरेर बस्ने विपन्न परिवारलाई राहत दिइएको बेसीशहर नगरपालिका–१ का वडासदस्य टिका वस्यालले बताए । उहाँका अनुसार प्रति परिवार एक बोरा चामल, ५ किलो दाल, दुई पोका नुन, २ पोका तेल र सावुन प्रदान गरिएको छ । कोरोना संक्रमणका कारण लकडाउन भएपछि विपन्न परिवारलाई खाद्यान्न समस्या भएको भन्दै युकेमा सहयोग संकलन गरिएको अध्यक्ष धनबहादुरले बताए ।

युकेमा रहेका धनबहादुरको नेतृत्वमा संकलन गरिएको रकमबाट खरिद गरिएको राहत नेकपा जिल्ला कमिटी लमजुङका सदस्य कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा वितरण गरिएको हो । सहयोग संकलन अभियानमा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगीलाई बेसीशहर नगरपालिका १ का वडाध्यक्ष बलराम श्रेष्ठले बिशेष धन्यवाद प्रदान गरेका थिए । कोरोनाको महामारीको समयमा दैनिक छाक टार्न समस्या भएका नागरिकलाई सहयोग गर्नु राम्रो काम भएको बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com