असार १० पछि लकडाउन कडा हुने हल्ला निराधार : जनता आफैं सचेत हुनुपर्ने


प्रकाशित मिति : असार ८, २०७७ सोमबार

असार १० गतेपछि लकडाउनमा पुनः कडाइ गर्ने कुनै तयारी नभएको सरकारी अधिकारीहरुले जनाएका छन् । कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले असार १० देखि पूर्ण लकडाउन हुने हल्ला निराधार रहेको बताउनुभयो । अहिले पनि लकडाउन कायमै रहेको र जनजीवनलाई सामान्य गराउन केही गतिविधिहरु खुकुलो गरिएको छ ।

जनताको दैनिक जीवन सहज बनाउन लकडाउन केही खुकुलो गरिए पनि जनता आफैं सचेत हुनुपर्ने सरकारले बताएको छ । उपप्रधानमन्त्री पोखरेलका अनुसार सयभन्दा बढी सक्रिय केस देखिएका स्थानमा समुदायमा संक्रमण फैलिन नदिन पूर्ण लकडाउन गरिने भएको छ । । लकडाउन खुकुलो भयो भन्दैमा भिडभाड गर्ने, लापरवाहीपूर्ण जीवनशैली अपनाउने र सरकारका निर्देशन पालना नगर्दा आफैंलाई असर पर्नेतर्फ सचेत हुन सरकारले आग्रह गरेको छ । सरकारले गरेका निर्णय पूर्ण पालना नगर्दा आफैं जोखिममा पर्ने यथार्थ बुझ्न समेत उहाले आग्रह गर्नुभयो।सरकारको बुझाइ छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com