रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु


प्रकाशित मिति : असार ८, २०७७ सोमबार

करेन्ट लागेर कपिलवस्तुको बुद्धभूमिका एक युवकको मृत्यु भएको छ । रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर अर्घाखाँची स्थायी घर भएका वर्ष २७ का नवराज भुसालको कपिलवस्तुमा आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोरुसिंगेका इन्सपेक्टर कृष्ण रानाले मृतक भूषालले रुखको घाँस झार्दा डालो पूर्वपश्चिम राजमार्गमा रहेको थ्रीफेजको हाइटेन्सनमा खसेको र त्यसपछि रुखमा करेन्ट लाग्दा उनको मृत्यु भएको बताए । शवलाई पोष्टमार्टम तौलिहवा ल्याइएको छ । घटनाको बारेमा थप बुझ्ने काम भइरहेको प्रहरीे जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com