कोरोना भाइरसः विगत २४ घण्टामा विश्वभरि एक लाख ८३ हजार सङ्क्रमित थपिए
प्रकाशित मिति : असार ८, २०७७ सोमबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2020/05/Corona.jpg?fit=1000%2C540&ssl=1)
विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणको घटनामा अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको जनाएको छ।
डब्ल्यूएचओका अनुसार विगत २४ घण्टामा एक लाख ८३ हजार सङ्क्रमित थपिएका छन्।
संयुक्त राज्य अमेरिका सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको देशको रूपमा कायम छ जहाँ २० लाख जति सङ्क्रमण पुष्टि भएको छ।
कोरोनाभाइरसबाट धेरै मृत्यु हुने देशहरूमध्ये ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ जहाँ ५० हजारभन्दा बढी व्यक्तिले कोभिड-१९ बाट ज्यान गुमाएका छन्।