दुबइले जुलाई ७ बाट विदेशी नागरिकलाई प्रवेश खुला गर्ने


प्रकाशित मिति : असार ८, २०७७ सोमबार

दुबइले जुलाई ७ देखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने भएको छ । त्यहाँको पत्रिका खालिज टाइम्सले सोमबार यस्तो समाचार सार्वजनिक गरेको हो । तर यसरी दुबई जाने हरेक विदेशी पर्यटकले कोरोना भाइरस परीक्षण रिपोर्ट पेश गर्नुपर्नेछ ।

त्यसैगरी, दुबई पुगेपछि पनि त्यहाँको विमानस्थलमा कोरोना भाइरस परीक्षणको व्यवस्था गरिनेछ । दुबईले सोमबार जुन २२ तारखेबाटै विदेशमा रहेका आफ्ना नागरिक स्वदेश ओसार्ने नियम बनाएको पनि सो पत्रिकाले लेखेको छ । त्यस्तै, आफ्ना नागरिकलाई पनि जुन २३ देखि विदेश भ्रमणका लागि अनुमति दिने नियम बनाइएकोे छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com