जन्मदिनको सरप्राइज : जन्मथलोमा राहत वितरण


प्रकाशित मिति : असार ६, २०७७ शनिबार

आफन्तको जन्मदिन मनाउने विभिन्न तरिका हुन्छन् । कसैले भव्य पार्टी वा घुमघाम अनि महँगो उपहार दिएर मनाउने गरेको देखिन्छ ।

आफ्नो प्रियजनलाइ खुशी पार्न सबैले फरक फरक तरिका अपनाइरहेका हुन्छन्, जसको लागि राम्रैसंग खर्च गर्न पनि तयार हुन्छन् ।  बेलायतमा बस्दै आएका एक सामाजिक अभियन्ताले भने आफ्नो श्रीमतीको जन्मदिन फरक तरिकाले मनाएका छन् ।

बेलायतको बेजिङस्टकमा बस्ने नेपाल प्रहरीका पूर्व सिनियर अफिसर शिवजी श्रेष्ठले श्रीमती उर्मिला श्रेष्ठको जन्मदिनमा श्रीमतीको जन्मथलो इलाममा राहत वितरण गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोनाको कारण लकडाउनमा परेर काम र मामबाट बन्चित भएका २० विपन्न परिवारलाई आधारभूत आवश्यकताका सामग्री वितरण गरिएको उनले बताएका छन् । ती परिवारलाई चामल, दाल, तेल, नुन, चिनी, मरमसला, औषधि सहितको प्याकेज प्रदान गरिएको थियो ।

जन्मदिनमा सहयोग बाँड्ने योजनालाई उनले श्रीमती उर्मिलाबाट भने गोप्य राखेका थिए । जन्मथलो इलाममा राहत पाएका व्यक्तिहरुले एकैपटक टेलिफोनमार्फत ’ह्याप्पी बर्थ डे’ भन्दै उनलाई सरप्राइज दिएका थिए ।

उर्मिलाकी आमा केदारकुमारी श्रेष्ठ र काकी मुना श्रेष्ठको हातबाट राहत वितरण गरिएको थियो । जसको संयोजन उनकै दाजुहरु पत्रकार महासंघ इलाम शाखाका पूर्व उपाध्यक्ष मोहनमान श्रेष्ठ र इलाम क्याम्पसका पूर्र्व सहायक क्याम्पस प्रमुख डा योगेन्द्रमान श्रेष्ठ र भदा सुयोग्य श्रेष्ठले गरेका थिए । बेलायतमा नर्सका रुपमा कार्यरत उर्मिला सेवाकै क्रममा कोरोना संक्रमित भएर निको भएपछि फेरि काममा फर्किसकेको भन्दै दाजु योगेन्द्रमान श्रेष्ठले उनमा समाजसेवाप्रति निकै ठूलो लगाव रहेको बताए ।

त्यसक्रममा इलाम नगरपालिकाका मेयर महेश बस्नेत, राहत वितरणका संयोजक मोहनमान श्रेष्ठ, मनोज ताम्राकार, बुद्धिमान राई लगायतका स्थानीय समाजसेवीले शुभकामना दिएका थिए । जन्मदिनको अवसरमा फजुल खर्च नगरी आफ्नै जन्मभूमिमा सहयोग गर्ने कार्य प्रशंसनीय रहेको उनीहरुको भनाइ थियो । उर्मिलाले यसअघि पनि आफ्नो जन्मथलोमा वृद्धवृद्धाको सहयोग, ईलाइब्रेरी स्थापना लगायतका थुप्रै सहयोग गरेको उनीहरुले स्मरण गरे ।

राहत पाउनेहरुले विदेशमा रहेर पनि आफ्नो जन्मथलोमा समस्यामा परेका दाजुभाइ दिदीबहिनीलाई सम्झिएर आफ्नो जन्मदिन मनाएकोमा आभार प्रकट गरेका थिए ।

बेलायतबाट राहतको संयोजन गर्ने शिवजी श्रेष्ठले महामारीका बेला नेपालमा रोगसंगै भोकबाट मर्ने अवस्था उत्पन्न भएको भन्दै सक्दो सहयोग गर्नु संसारका सबै ठाउँमा छरिएका नेपालीको कर्तव्य रहने बताए । सामान्य समयमा जस्तो रेस्टुरेन्टमा गएर पार्टी गर्नु वा महँगो उपहार खरिद गर्नु भन्दा समस्यामा परेकाहरुको सहयोग गर्नु नै उत्तम हुने ठानेर राहत वितरणको सोच बनाएको उनले सुनाए ।

नेपाली लिंकबाट साभार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com