अर्घाखाँचीमा बेग्लाबेग्लै स्थानबाट लडेर दुईजनाको मृत्यु भएको छ । खेतमा रोपाँई गरी फर्कने क्रममा मालारानी गाउँपालिका–५ का ४९ बर्षिय मन बहादुर खत्रीको घर नजिकै बाटोदेखि अन्दाजी ५० मिटर तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकृत प्रकाश खत्रीले बताए । घाईते उनको उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याउने क्रममा बाटो मै मृत्यु भएको हो ।
यस्तै सन्धिखर्कको सुस्त मनस्थिति स्कुलको भवन निर्माणको काम गर्ने क्रममा सन्धिखर्क- २, भलायडाँडा निवासी ५५ बर्षिय बसन्त कुमालको मृत्युु भएको छ । घाइते उनको उपचारको लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।