विदेशमा अलपत्र ४ सय ५५ नागरिक मातृभूमि फर्किए


प्रकाशित मिति : असार ४, २०७७ बिहीबार

कुवेत, ओमान र मलेसियाबाट ४ सय ५५ नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । विदेशमा कोरोनाका कारण अलपत्र परेका नागरिक स्वदेश आइपुगेका हुन् ।

मलेसियाबाट १५८ जना, कुवतेबाट १५० जना र ओमानबाट १४७ जना नेपाली काठमाडौँ आइपुगेका छन् । कुवेतबाट जजिरा एयरमार्फत, ओमानबाट सलाम एयरको चार्टर्ड उडानमार्फत र मलेसियाबाट हिमालयन एयरको चार्टर्ड उडानमार्फत स्वदेश आइपुगेका हुन् । कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपाली श्रमिकलाई आफैँले निःशुल्क रूपमा काठमाडौँसम्म ल्याइदिने व्यवस्थाअनुरूप उनीहरू आएका हुन् ।

यसअघि चारवटा उडानमार्फत पाँच सय ९८ जना स्वदेश फर्किसकेका छन् । त्यहाँ आममाफी सहभागी भएर कुवेत सरकारले नै व्यवस्था गरेको अस्थायी क्याम्पमा बसिरहेकालाई त्यहाँको सरकारले ल्याइदिइरहेको छ । आममाफीमा सहभागी झण्डै तीन हजार नेपाली छन् । उनीहरू सबैलाई कुवेतले निःशुल्क रूपमा ल्याइदिने छ । जसमध्ये अहिले महिला श्रमिकलाई प्राथमिकतामा राखेर स्वदेश फर्काइएको छ । बाँकीको हकमा पनि प्रक्रिया अघि बढिसकेको दूतावासले जनाएको छ । यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ ।

विदेशबाट घर फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरूलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ । यात्रा गर्न नसक्ने, कुनै स्वास्थ्य समस्या भएमा वा कोरोनाको आशङ्का भएमा काठमाडौँकै अल्पकालीन क्वारेन्टानमा राखिने छ । सरकारले विदेशबाट घर फर्किएका नेपालीलाई अल्पकालीन अवस्थामा राख्नका लागि काठमाडौँमा पनि झण्डै एक हजार ५०० क्षमताको क्वारेन्टाइन शøयाको व्यवस्था गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामान्य अवस्थामा भने सेनाको समन्वयमा विदेशबाट फर्कनेलाई सम्बन्धित जिल्ला नै पठाइन्छ र सम्बन्धित पालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा बस्नु पर्दछ । यस्तै मलेसियाबाट समस्यामा परेकामध्ये बिरामी, गर्भवती, ज्येष्ठ नागरिकलगायतलाई प्राथमिकतामा राखेर दूतावासले बिहीबार हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत नेपाल पठाएको जनाएको छ ।गोरखापत्र

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com