‘कुवाँकै पानी पिएर जुनी बित्ने भो’


प्रकाशित मिति : जेष्ठ ३०, २०७७ शुक्रबार

बागलुङको ढोरपाटन नगरपालिका–९ नवीगाउँकी ६८ वर्षीया इन्द्रकला विकको जीवन कुवाकै पानीमा निर्भर छ । बर्खामा खोल्साखोलीमा फुटेको मूल र हिउँदमा उत्तरगङ्गाको पानी पिउँदै आएका नवीगाउँका स्थानीयवासीको घरमा धारो ल्याउने सपना अझै पूरा हुनसकेको छैन । “कुवाकै पानी लिन जाँदाजाँदै वर्षौँ बितिसक्यो”, इन्द्रकलाले भनिन्, “खानेपानीको धारो घरमै ल्याउने सपना यो चोलामा पूरा नहोलाजस्तो छ ।” कुवाकै पानी ल्याउँदा–ल्याउँदै हैरानी खेपेका त्यहाँका जनताले घरमै धारोको पानी थाप्ने झिनो आशा भने बाँकी नै छ ।

उमेरले बुढेसकाल लागिसकेका सोही गाउँका हुमबहादुर विकले आठ–दश वर्षदेखि खानेपानीका लागि नापजाँच गरे पनि हालसम्म कुवाकै पानीमा निर्भर हुनुपरेको गुनासो गरिन्। “गाउँमा धेरैपटक खानेपानी ल्याउन प्रयास भए पनि दुर्गम गाउँमा खर्च धेरै लाग्ने भएका कारण कुवाकै पानी खाँदैछौँ”, हुमबहादुरले भने, “बर्खामास त घर नजिकै मूल फुट्छ र खान्छौँ, हिउँदमा त उत्तरगङ्गाकै पानीको भर पर्नुपर्ने हुन्छ ।” पुस, माघमा अत्यधिक हिउँ पर्ने कारण घुम्ती बसाइँसराइ गरी ढोरपाटन नगरपालिका–८ तल्लो बोबाङमा समेत बस्दै आएका नवीगाउँवासीको अधिकांश बसाइ भने गाउँमै हुन्छ । दलित बस्तीको नवी गाउँका ६०० घरमा एउटै खानेपानीको धारो नभएको ढोरपाटन जनवादी आधारभूत विद्यालयका प्रधानध्यापक देवबहादुर सुनारले जानकारी दिए । सुनारका अनुसार, केही व्यक्तिले क्षमताले भ्याएमा मुलबाट पाइपमा घरमा धारो ल्याए पनि अन्यले कुवाकै पानी प्रयोग गर्दै आएका हुन् ।

विद्यालयमा समेत खानेपानी पु¥याउन नसकिएको प्रधानध्यापक सुनारको भनाई छ । जिल्लाको अधिकांश क्षेत्रमा खानेपानीको पहुँच पुगे पनि बागलुङको पश्चिमक्षेत्रका विकट गाउँमा खानेपानी पुग्न सकेको छैन । हिमपातका कारण बसाइँसराइ गरी तल्लो बोबाङ झर्दा छिटफुट खानेपानीको धारो प्रयोग गर्ने भए पनि नवीमा बस्दा कुवामै पानी ल्याउन जानुपर्ने बाध्यता रहेको नवीवासीको गुनासो छ । पशु तथा सरसफाइका लागि खोलानालाको पानी ठिकै भए पनि पिउनका लागि भने समस्या हुने गरेको घरमाथिको कुवामा लुगा धुन आएकी दिलकुमारी विकले दुखेसो गरिन् । “कहिले कुवा धमिलो भएको हुन्छ”, दिलकुमारीले भनिन्, “जन्मेदेखि यस्तै पानी पिउँदै आएका छौँ, घरमै धारो आए कति सहज हुन्थ्यो होला ।”

नवीगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालनको तयारीमा रहेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिए। “नवीगाउँमा खानेपानीको निकै समस्या भएको हामीले महसुस गर्दै आएका छौँ”, नगरप्रमुख नेपालीले भने । गण्डकी प्रदेश सरकारले प्रदेशका सबै घरमा ‘एक घर, एक धारा’को अभियान सञ्चालन गर्दै आएका कारण धेरै विकट बस्ती यसै कार्यक्रममा समावेश हुनेछन् । नवीगाउँमा खानेपानी पुर्याउन नेवाःसँग सम्झौता भइसकेको छ । एक–दुई वर्षमा नवीगाउँमा एक घर एक धारा जडान भइसक्ने नगरपालिकाले जनाएको छ । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com