अमेरिकाबाट जुन १७ र २५ मा नागरिक फिर्ता लैजाने नेपाल सरकारको तयारी


प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार

नेपाल सरकारले कोरोना भाइरसका कारण महिनौंदेखी अमेरिका रोकिएका आफ्ना नागरिक फिर्ता लैजाने भएको छ । नेपाल सरकारले यही जुन महिनामा दुई पटक गरी आफ्ना नागरिक फिर्ता लैजाने तयारी गरेको छ ।

सरकारको प्रस्तावित मिति अनुसार, यही जुन महिनाको १७ तारिख र २५ तारिखका दिन अमेरिकाबाट नेपालका लागि उडान हुनेछ । प्राप्त जानकारी अनुसार १७ तारिखका दिन बिदेशी बिमान कम्पनीले उडान भर्ने छ भने २५ तारिख नेपाल एयरलाइन्सले अमेरिकाबाट नेपालका लागि उड्नेछ । दुवै उडानका लागि रकम भने तोकिएको छैन् । यसरी बिमान चड्ने व्यक्तिको कोरोना परिक्षण भने अनिवार्य गरिएको हुनुपर्नेछ । र्यापिड टेस्ट या पिसिआर टेस्ट गरिएको हुनुपर्ने प्रावधान राखिएको छ ।

राजदूतावासले कोरोना परिक्षणका लागि तयारी गरिरहेको जनाइएको छ । साथै दूतावासले नेपाली नागरिकलाई सम्पर्कमा रहिरहन भनेको छ । कोरोना महामारीका कारण अमेरिकामा रोकिएका नेपाली नागरिकले महिनौंदेखी सरकार तथा सम्वन्धीत निकायसंग हारगुहार गरिरहेका थिए ।

सरकार आफैले मिति तोक्दा हामी निकै खुसी भएका छौं, अमेरिकामा रहेका नेपाली नागरिक शान्ताराज बतासले भने, कति बस्नुपर्ने हो भन्ने अन्यौंल थियो, अब केही राहत महशुस भएको छ । यसरी अमेरिकामा थुनिएका नेपाली नागरिकले भिषा लगायतका थुप्रै समस्या थपिँदै गएको गुनासो गर्दै आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com