न्युयोर्कमा ‘अन्क्लेम्ड’ हुन पाएन झकबहादुर गुरुङको शव, दाहसंस्कारको तयारी


प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार

न्युयोर्कको एल्महस्र्ट अस्पतालमा मृत्यु भएका झकबहादुर गुरुङको शव मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीको पहलमा ‘अन्क्लेम्ड’ हुनबाट जोगिएको छ । निश्चित समयभित्र कसैले पनि दावी नगरेका शवहरु सामुहिक चिहानमा दफनाइने गरिएकोमा गुरुङको शव अन्तिम अवस्थामा ‘अन्क्लेम्ड’ हुनबाट जोगिएको हो ।

दुईघण्टामात्र ढिलो भएको भए शव वेवारिस बनेर सामुहिक दाहसंस्कारको लागि लैजान लागिएकोमा समयमै द गुरुङ सोसाइटी युएसएले दावी गर्न सफल भएकाले उचित दाहसंस्कारको बन्दोबस्त भएको प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष टेक गुरुङले जानकारी दिए । तमु परिवारका अध्यक्ष मनिता गुरुङ र सामाजिक व्यक्तित्व यादव बास्तोलाको सहयोगमा र सांसद ह्यारी भण्डारीको विशेष पहलमा टेक गुरुङले सोमबार शव शनाखत गरेका हुन् ।

अहिले दाहसंस्कारका लागि द गुरुङ सोसाइटी अमेरिकाका अध्यक्ष विजय गुरुङको नेतृत्वमा आर्थिक संकलन अभियान सुरु गरिएको छ । मृतक झोक बहादुर गुरुङको न्युजर्सीमा रहेको रुबी मेरोरियल फ्युनेरल होममा दाहसंस्कार गरिने भएको छ भने शव फ्युनेरल होममा लगिसकिएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची ३ घर भएका ६० बर्षका झकबहादुर गुरुङका ६ छोरी, एक छोरा र श्रीमति छन् । उनीहरुमध्ये कोही पनि अमेरिकामा नरहेको तर दाहसंस्कारका लागि श्रीमतिले स्वीकृतिपत्र पठाइसकेको जनाइएको छ । झण्डै ८ वर्ष अघि अमेरिका आएका गुरुङ न्युयोर्कको म्यानहटनमा रहेको जापनिज रेस्टुरेन्टमा काम गर्दै आएका थिए भने क्वीन्समा बस्दै आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनी अमेरिकामा एक्लै बस्दै आएका थिए । अमेरिकामा नजिकको आफन्त नहुँदा शव दावी गर्न र दाहसंस्कारमा समस्या भएको थियो । अबको केही दिनमा नै उनको सम्मानपूर्वक दाहसंस्कार गरिने टेक गुरुङले जानकारी दिए ।

झकबहादुर गुरुङकी कान्छी छोरीको हालैमात्र मुटुको अपरेशन गरिएको र परिवारको एकमात्र आम्दानीको स्रोत झकबहादुरको निधन भएका कारण उहाँको परिवार शोक र संकटमा परेको छ । परिवारको सहयोगका लागि गोफण्डमीमा आर्थिक संकलन सुरु गरिएको छ ।

मार्चको दोश्रो साता कोरोनाको महामारी फैलिएयता न्युयोर्कमा १३ जनाको मृत्यु भइसकेको छ । ३ महिनाको बीचमा अनिल लिम्बु, थोक्मे विष्ट, अजय छोंचु, निमा शेर्पा, सोनाम लामा, विष्णु राई, राजकुमार थापा, पवन मल्ल, महेश अमात्य, पेम्बा रिन्जी लामा, शायलक बुढामगर र मदन थापाको मृत्यु भइसकेको छ । तर सबैको मृत्यु कोरोनाका कारण भने भएको होइन ।

सोमबारमात्र न्युयोर्कको लङ आइल्याण्ड निवासी ४० बर्षका नेपाली मदन थापाको मृत्यु भएको थियो । आइतबार जन्मदिन मनाएर सुतेका थापा सोमबार आफ्नै विस्तारामा मृत भेटिएका थिए । आफ्नो सालासँग नयाँ अपार्टमेन्टमा सरेको भोलिपल्ट नै थापाको निधन भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com