नयाँ नक्सा समेटेको विधेयक खारेज गर्न सरिता गिरीको संसोधन प्रस्ताव, फिर्ता लिन पार्टीको चेतावनी


प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार

समाजवादी पार्टीकी सांसद सरिता गिरीले नयाँ नक्सा समेटेको नेपालको संविधान दोस्रो संशोधन विधेयक खारेज गर्न माग गर्दै बुधबार संशोधन प्रस्ताव संसदमा दर्ता गराएपछि उनलाई सो प्रस्ताव फिर्ता लिन चेतावनी दिइएको छ ।

मंगलबार संविधान संशोधनसम्बन्धी विषयमा सबै दलले सैद्धान्तिक सहमति जनाएकोमा बुधबार गिरीले संसदमा रहेको संविधान संशोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै अर्को संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन् ।

उनको प्रस्तावको तीव्र विरोध भइरहेको बेला समाजवादी पार्टीले गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् । प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

‘उपरोक्त सम्बन्धमा संघीय संसदमा दर्ता भएको नेपालको संविधानको दोस्रो संशोधनमा तपाईले संसदीय दलको निर्देशन बिना मिति २०७७ २ २८ गते संशोधन हालेको हुँदा उक्त संशोधन तुरुन्त फिर्ता लिनुहुन निर्देशन गरिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘साथै निर्देशन पालना नगरेमा तपाईंलाई पार्टीले कारबाही गर्न बाध्य हुने व्यहोरा जानकारी गराइन्छ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com