१० अर्ब कहाँ खर्च भयो ? हामीलाई यसको एक-एक हिसाब चाहिन्छ : गगन थापा


प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले कोरोना नियन्त्रण तथा रोकथामका भएका सम्पूर्ण खर्चको सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले कोरोनाको नियन्त्रण गर्नको खर्च गरेको १० अर्बको एक–एक रुपैयाँको हिसाब चाहिने बताए ।

‘१० अर्ब खर्च कहाँ भयो ? हामीलाई यसको हिसाब चाहिन्छ’, थापाले भने, ‘पाँच हजार पीसीआर मेसिन, २५ हजार कीट किनेर दश अरब रुपैयाँ हिसाब देखाउनु पर्दैन हामीलाई एक एक रुपैयाँको हिसाब चाहिन्छ।’ थापाले प्रतिनिधिसभामा आफूहरुले माघदेखि नै कोरोना संक्रमण फैलिन नदिन अपनाउनुपर्ने सर्तकताकाबारे आवाज उठाउँदै आए पनि सरकारले नसुनेको भन्दै आक्रोश पोखे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com