रूपन्देहीमा ५ जनाको सामूहिक हत्या


प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार

रूपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवा गाउँमा ५ जनाको सामूहिक हत्या भएको छ । गएराति तिलोत्तमा नगरपालिका वडा नं १० कान्छि बजारका कृष्ण पुनको भैसी फर्ममा चार जनाको हत्या गरिएको अवस्थामा भेटिएको र एक जना गम्भिर घाइतेलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष चौधरी छन् । उनीहरु सबै स्थानीय हुन् ।

घटनास्थलमा संलग्न भएको आशंकमा प्रहरीले सुर्खेतका झपेन्द्र सिंजालीलाई पक्राउ गरेको छ । उनी लागु पदार्थ दुव्र्यसनी हुन । घटनास्थलमा रगतले पोतीएको कोदालो भेटिएकाले हत्यामा कोदालो प्रयोग भएको हुनसक्ने प्रहरीले बताएको छ । फार्ममा ६ जना कामदार थिए । पक्राउ परेका सिंजाली पनि सोही फार्मका काम गर्ने कामदार हुन । घटनाको अनुसन्धान भइरहेको प्रहरिले बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com