बाटोमै एम्बुलेन्सले शव छाडेर भागेपछि…….


प्रकाशित मिति : जेष्ठ २६, २०७७ सोमबार

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो । स्थानीयवासीको सूचना पाउनेबित्तिकै प्रहरी त्यहाँ पुग्यो । कम्बलले ढाकेको शव त्यहाँ कसरी आइपुग्यो ? कसले छोड्यो ? कहाँ लगिँदै थियो र कस्तो खालको बिरामी थियो रु भन्ने कुरा प्रहरीले खोजी ग-यो । प्रहरीले खोजी गर्दा मृतकसँगै भारतबाट आएका दुईजनालाई भेट्यो । उनीहरु गुराँस गाउँपालिका–२ दैलेखका रहेछन् ।

“मृतक गुराँस गाउँपालिका–२ दैलेखका ४२ वर्षीय लखन नेपाली रहेछन्”, जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले भन्नुभयो, “मृतकसँगै आएका दुईजनाका अनुसार नेपाली भारतको गढवालमा गाडीबाट लड्दा घाइते भएका रहेछन् ।” मृतकका आफन्तले घाइते उनलाई नेपालगञ्जसम्म बसमा ल्याएको र त्यहाँदेखि एम्बुलेन्स चढाएर सुर्खेत ल्याएको बुझिएको उहाँले बताउनुभयो ।

राति कतिबजेतिर सुर्खेत पु-याएर एम्बुलेन्सले छोड्यो र फिर्ता भयो त्यो स्पष्ट जानकारी नभएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो । उहाँका अनुसार मृतकको विषयमा गुराँस गाउँपालिकाका जनप्रतिनिधिलाई खबर गरिएको छ । नेपालीको शवलाई शववाहन व्यवस्था गरेर दैलेख पठाउन थालिएको उहाँको भनाइ छ ।

यता स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले मृतक नेपालीका बारेमा स्पष्ट जानकारी नभएको बताउँदै घटनाको सम्बन्धमा बुझ्ने र उनीसँग भारतबाट आएका दुईजनाका बारेमा बुझेर काम कारवाही अगाडि बढाउने जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com