एमसीसी सम्झौतामा मध्यमार्गी बाटो खोज्दै नेकपा नेपाल सरकार


प्रकाशित मिति : जेष्ठ २६, २०७७ सोमबार

अमेरिकी सरकारको सहयोगमा अघि बढाउन लागिएको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)’ यतिबेला जल्दोबल्दो बहसको विषय बनेर मुलुकको राजनीति तताइरहेछ । सत्तारुढ दलभित्रै चरम आलोचना खेपिरहेको एमसीसीले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबाट भने भरपुर साथ पाइरहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा संसदबाट एमसीसी पारित गराउन यसरी हतारिएका छन् कि त्यत्तिको चिन्ता बरु प्रधानमन्त्री केपी ओलीमा देखिन्न । यसै सिलसिलामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (२६ जेठ सोमबार) आज बस्दै छ । एमसीसी परियोजनाबारे पार्टीभित्रै विवाद र बहस जारी रहेको परिवेशमा यसबारे निर्णय गर्नकै लागि सचिवालय बैठक बोलाइएको बताइएको छ ।

एमसीसी पारित गर्नुपर्ने या गर्न नहुने भन्ने सम्बन्धमा पार्टीभित्र विवाद चुलिएपछि वर्ष दिनअघि नै वर्षे अधिवेशनमा संसदबाट अनुमोदन गर्ने लक्ष्य राखिएको यो विषय गत हिउँदे अधिवेशनमा समेत पास हुन सकेन । अन्ततः एमसीसीबारे अध्ययन गर्न नेकपाले गत वर्ष माघमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा एक कार्यदल नै गठन गरेको थियो ।

एमसीसीको कठोर आलोचक रहेका भीम रावल र एमसीसीको पक्षमा दह्रोसँग उभिएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली उक्त कार्यदलमा सदस्य रहनु भएको थियो । सो कार्यदलले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नहुने, यसका कतिपय बुँदा नेपालको पक्षमा हुने गरी संशोधन गरेर मात्र पास गर्न सकिने ब्यहोराको प्रतिवेदन दिइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com