जनता समाजवादी पार्टीमा तीन अध्यक्ष, डा.बाबुराम भट्टराई तेस्रो स्थानमा


प्रकाशित मिति : जेष्ठ २५, २०७७ आईतबार

जनता समाजवादी पार्टी (जसपा) मा तीन जना अध्यक्ष हुने भएका छन् । तीन अध्यक्ष सहित पाँच पदाधिकारी रहने सहमति भएको बताइएको छ ।

तीन जना अध्यक्षमा महन्थ ठाकुर, उपेन्द्र यादव र डा.बाबुराम भट्टराई रहने निर्णय भएको छ ।वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राईलाई पदाधिकारीका रुपमा राखिने भएको छ । यो व्यवस्था दल दर्ताका लागि भएको समेत बताइएको छ ।

जसपा नेताहरू दल दर्ताका लागि केहीबेरमा निर्वाचन आयोग जाँदैछन् । १० बैशाखमा समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच भएको एकीकरण सहमतिअनुसार आयोगमा निवेदन दर्ता गर्न जान लागेको बाबुराम भट्टराई निकट कार्यकर्ता गंगानारायण श्रेष्ठले बताए ।

राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ । जसपाले पार्टी एकता गर्ने सम्झौता गरेको हिजो शनिबार नै ४५ दिन पुगेको थियो ।

सबैभन्दा रमाईलो प्रचण्डलाई विदाई गरेर अध्यक्ष हुन नपाएर तत्कालाीन एमाओवादी छाडेका बाबुराम भट्टराई कांग्रेसी पृष्ठभूमिका महन्थ ठाकुर र कुनै बेला माओवादीका जिलय स्तरीय कार्यकर्ता उपेन्द्र यादवलाई शिरमा राखेर मधेशीको अगुवा बन्न परेको रोचक दृश्य नेपाली राजनीतिमा देखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com