जनता समाजवादीमा नेतृत्वको विवाद मिल्यो, तीन अध्यक्ष रहने


प्रकाशित मिति : जेष्ठ २५, २०७७ आईतबार

तत्कालीन समाजवादी र राजपाबीचको एकताबाट बनेको जनता समाजवदी पार्टी जसपामा ३ जना अध्यक्ष रहने भएका छन् । लामो समयदेखि विवादमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले नेतृत्व विवाद मिलाएको छ । नयाँ समझदारीअनुसार उक्त पार्टीमा अब पाँच जनता पदाधिकारी रहनेछन् ।

तीन जना अध्यक्षमा महन्थ ठाकुर, डा. बाबुराम भट्टराई र उपेन्द्र यादव रहनेछन् । तीन अध्यक्षसहित पाँच सदस्यीय पदाधिकारीमा नेताद्वय राजेन्द्र महतो र अशोक राई पनि रहनेछन् । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकता भएको हिजो शनिबार ४५ दिन पुगिसकेको छ । गत वैशाख १० मा समाजवादी र राजपा मिलेर जनता समाजवादी दल बनाउने गरी एकीकरण घोषणा गरे पनि निर्वाचन आयोगमा दल दर्ता भइसकेको छैन। दल दर्ताका लागि निवेदन दिएको ४५ दिनमा दुई पार्टीका शीर्ष नेता छलफलमा जुटेका हुन्।

नेतृत्व विवाद मिलेसँगै एकताको निवेदन दर्ता गर्न जान लागेको पार्टीका नेताहरु निर्वाचन आयोग जाने तयारी गरेका छन् । आजै जनता समाजवादी पार्टीले आफ्नो नयाँ विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपी संलग्न गरी आयोगमा निवेदन दिनेछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com