युएइबाट १ सय ६८ नेपाली लिएर काठमाडौँ आइपुग्यो विमान


प्रकाशित मिति : जेष्ठ २३, २०७७ शुक्रबार

युएइबाट भर्खरै १६८ जना नेपाली नागरिकले स्वदेशको भूमि टेकेका छन् । युएईको सारजहाँ एयरपोर्टबाट १६८ जना नेपाली नागरिक लिएर उडेको एयर अरेबियाको जहाजमार्फत १६८ नेपाली नेपाल फर्केका हुन् ।

त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले विमान ५ः३८ ल्याण्ड गरेको जानकारी दिनुभयो । यसअघि अन्तिम समयमा भाडाको विषयमा कुरा उठेपछि जहाजको उडान बिहान स्थगित भएको थियो । साे विमानमा एक शव पनि रहेकाे विमानस्थलका अधिकारीहरूले बताएका छन् ।

युएइबाट नेपाल भित्रने नेपाली नागरिकलाई विमानस्थलमै प्रदेश स्तरमा बाँडफाँड गरी नेपाली सेनाको टोलीले होल्डिङ सेन्टर पुर्याउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो ।

यसअघि म्यानमारबाट २६ जना नेपाली नागरिक आज नेपाल फर्केका थिए । तेस्रो मुलुकबाट नेपाली नागरिक स्वदेश फर्काउने अभियान अनुसार नेपाली स्वदेश फिरेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com