नक्कली बिल प्रयोग गरेर नदीजन्य पदार्थको निकासी


प्रकाशित मिति : जेष्ठ २३, २०७७ शुक्रबार

रुपन्देहीको शुद्धोधन गाउँपालिका—२ कलुवाघाटमा नक्कली बिल प्रयोग गरेर नदीजन्य पदार्थ निकासी गरिएको पाइएको छ । नदीजन्य पदार्थ निकासी गर्दा नक्कली बिल प्रयोग गरेको आशङ्कामा गाउँपालिकाले छानविन शुरु भएको छ । जेठ २१ गते बुधबार लु२त ८९८९ र लु३त ३७९५ नंको ट्र्याक्टरमार्फत ढुवानी भएको नदीजन्य पदार्थको जाँच गर्दा उनीहरुले देखाएको बिल नक्कली रहेको आशङ्कामा गाउँपालिकामा उजुरी परेपछि छानविन थालिएको हो ।

बिन्दवासिनी सप्लायर्सको नाममा रहेको उक्त बिलमा ६०१७६४४१७ नंको पान नम्बर पनि उल्लेख छ । कलुवाघाटबाट पाँच हजार ५४८ घनमिटर नदीजन्य पदार्थको निकासी तथा बिक्री वितरण गर्नेगरी बिन्दवासिनी सप्लायर्सले ठेक्का पाएको छ । उक्त कम्पनीले निकासा गरेको नदीजन्य पदार्थको बिक्री वितरणमा नक्कली बिल प्रयोग गर्ने गरेको अनुमान गरिएको छ । नदीजन्य पदार्थको बिक्री वितरणमा गाउँपालिकाले प्रमाणित गरेर दिएको भन्दा अलग्गै बिल बिजक प्रयोग गरिएको भेटिएपछि गाउँपालिकाले बिहीबार बिहानै कार्यपालिकाको बैठक राखी छानविन समिति गठन गरेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत अन्नतपाणि मरासिनीले भने, “उक्त बिल नक्कली हो । तर, कसले छाप्यो भन्ने पत्ता लागेको छैन । बिल सम्बन्धमा छानविन गर्न समिति गठन गरी नदीजन्य पदार्थको विषयमा प्रभावकारी अनुगमन गर्न उपाध्यक्षको नेतृत्वमा अनुगमन समिति गठन गरेका छौंँ ।”

नक्कली बिल प्रयोग गरी नदीजन्य पदार्थ बिक्री वितरण गरेको भन्ने सूचना आएपछि बिहीबार नै जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्मासहितको टोलीले पनि शुद्धोधनको विभिन्न नदीजन्य पदार्थ निकासी गरिरहेको घाटको अनुगमन गरेको छ । अनुगमनपश्चात् जिसस प्रमुख विश्वकर्माले भने, “बिल सम्बन्धमा यसै भन्न सकिन्न त्यो छानविनपछि थाहा हुन्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नदीजन्य पदार्थको व्यापक चोरी निकासी भएको भन्दै स्थानीयवासीले जनगुनासो गरेपछि आफूहरुले पनि बिहीबार अनुगमन गरेको गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले बताइन् । शुद्धोधन गाउँपालिकाले चालू वर्षमा रु तीन करोड ६५ लाख रकमबराबरको ६ वटा घाटको ठेक्का आह्वान गरी काम पनि अगाडि बढाएको थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com