रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने


प्रकाशित मिति : जेष्ठ २३, २०७७ शुक्रबार

छ जनाको ज्यान जाने गरी रुकुम(पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पटकपटक प्रमुख प्रतिपक्षी दलले सो घटनाको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरिरहेको र अन्य राजनीतिक दलले समेत सो विषयलाई प्रमुखताका साथ उठाएकाले समिति गठन गरिने जानकारी दिए।

सो घटनाका सम्बन्धमा अघिल्ला बैठकमा पनि कुरा उठेकाले त्यसलाई सम्बोधन गर्न तथा उक्त घटनाको आवश्यक अध्ययन तथा अनुगमन गरी सभामा प्रतिवेदन पेश गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलसँग आवश्यक छलफलपछि प्रतिनिधिसभा नियमावली, २०७५, नियम १७७ बमोजिम संसदीय विशेष समिति गठन गरिने भएको हो । त्यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रुकुम (पश्चिम) घटनाको निष्पक्ष छानबिन गर्न सर्वदलीय संसदीय छानबिन समितिको गठन गर्न पुनः माग गरेको थियो । बैठकमा समय माग गरेर काँग्रेस सचेतक पुष्पा भुसालले सो घटनाका सम्बन्धमा सरकारका तर्फबाट प्रभावकारी छानबिन हुनेमा आशङ्का देखिएको जनाउँदै संसदीय छानबिन जरुरी रहेको बताए।

घटनाको अनुसन्धानलाई सरकारका तर्फबाट प्रभावित बनाउने र हल्का बनाउने ढङ्गबाट राज्यको अभिव्यक्ति आएको आरोप लगाउँदै उनले भने, “घटनामा अपराध मात्र भएको छैन, मानावताविरुद्धको गम्भीर अपराध भएको छ, जातीय विभेद अन्त्य गर्न कानून बनायौँ तर यस घटनाले परिवर्तनकामी समुदायमा अन्याय गरेको छ ।” यही जेठ १० गते जाजरकोट र रुकुम(पश्चिम)का स्थानीयवासीबीच विवाद हुँदा उक्त घटना भएको थियो । बैठकमा सांसदद्वय सरिता गिरी र अमृता अग्रहरीले केही दिनअघि सदनमा सांसद गंगा चौधरीले दिएको वक्तव्यले आफूहरुको अपमान भएको जनाउँदै चौधरीले माफी माग्नुपर्ने बताए । बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन, २०७७’ पेश गरे। रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com