अमेरिकामा रहेका काँग्रेस नेताबीच झण्डै हात हालाहाल


प्रकाशित मिति : चैत्र २८, २०७३ सोमबार

-अनिल अधिकारी
जुङगाको लडाईको चेपुवामा रहेको नेपाली काँग्रेस सम्बद्ध जनसम्पर्क समिति अमेरिको विवाद आइतवारको एक सार्वजनिक कार्यक्रममा छताछुल्ल भएको छ । नेपाली कांग्रेसको सुभेच्छुक संगठन जनसम्पर्क समितिका वर्तमान सभापति आनन्द विष्ट र पूर्व संयोजक विस्नु सुवेदीका बिचको भाषणले झण्डै हात हालाहालको स्थिति सृजना भयो ।

कार्यक्रम थियो नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री रेवती भुषालको स्वागतार्थ आयोजित कार्यक्रम तर विष्ट र सुवेदीका बिचमा संगठनको विवादको भाषण हुँदा यस्तो स्थिति आएको हो ।

आनन्द विष्टले भाषण गरिसकेपछि कार्यक्रममा आईपुगेका पूर्व संयोजक सुवेदीले भाषण गदै गर्दा फ्लोरबाट सुवेदीलाई भाषण रोक्न भनियो । सुवेदीले भाषण सकाए लगत्तै विष्टले मञ्चबाटै जवाफ फर्काए, अनि सुरु भयो दुवै पक्षका कार्यकर्ता बिचमा भनाभन ।

संगठनको निति भन्दा बाहिर गएर जनसम्पर्क समितिलाई सामाजिक संस्था जस्तै बनाउन खोजेको आरोप पूर्व संयोजक सुवेदीले लगाए भने संगठनको नियम अनुुसार नै आफुले साधारण सभाको आयोजना गरेको र विवाद भए त्यही आएर छलफल गर्न विष्टले चुनौती दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्व मन्त्री भुषाल बोल्नु भन्दा केही मिनेट अघि मात्रै यस्तो विवाद भयो, सभापति विष्ट र पूर्व संयोजक सुवेदीका बिचमा विवादले चरम रुप लिएपछि वर्तमान महासचिव मुनेन्द्र नेम्वाङ दुवै नेतालाई नबोल्न भन्दै विवाद मिलाउन सक्रिय देखिन्थे ।

मञ्चमा रहेका पूर्व मन्त्री भुषाल, अधिवक्ता खगेन्द्र जिसि लगायतका अतिथि टुलुटुलु हेरेर बस्न बाध्य थिए भने कार्यक्रममा पुगेका करिव पचासको सख्यामा रहेका अन्य नेता तथा कार्यकर्ता जुङगाको लडाईको हेरिरहेका थिए ।

सँधै संस्थापन र देउवा पक्षका बिचमा चिरा पर्ने नेपाली कांग्रेसको रोगले जनसम्पर्क समिति अमेरिकाको विवाद सार्वजनिक कार्यक्रममै छताछुल्ल हुन थलेको छ ।

नेताहरु, आफुलाई संस्थापन ठहर गर्ने पूर्व संयोजक बिस्नु सुवेदी र देउवा पक्षको भनिने सभापति आनन्द विष्टका बिचमा विवाद हुँदा दुवै पक्षले आआफ्नो ढंगले भर्जिनिया र न्यूर्योकमा भेलाको आयोजना गर्दैछन् ।

दुवै नेताले आफुलाई पार्टीबाट सहयोग रहेको, आफ्नो भेलामा केन्द्रीय स्तरका नेता आउने र आफ्नो भेला नै आधिकारिक भन्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com