खोक्रो राष्ट्रवादको राजनीति नगर्न एमालेलाई न्युयोर्कबाट सुझाव


प्रकाशित मिति : चैत्र २८, २०७३ सोमबार

-अनिल अधिकारी

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री रेवतीप्रसाद भुषालले जनतालाई बिभाजन गर्ने राजनीति नगर्न एमालेलाई सुझाएका छन् । हिमाल, पहाड र तराईको एकता नै राष्ट्वाद हो भन्दै भुषालले एमाले त्यो एकता तोड्न तत्पर रहेको आरोप लगाएका छन् ।

जनसम्पर्क समिति अमेरिका न्यूयोर्क च्याप्टरले आयोजना गरेको कार्यक्रममा बोल्दै मधेश र पहाडका बिचमा बिखण्डनको भाषणा गरेर एमालेले जनता बिभाजन गर्ने राजनीति गरेको भन्दै खोक्रो राष्ट्वादको राजनीति नगर्ने भनेका छन् ।

एमाले जस्तो राष्ट्घाती पार्टी अर्को छैन्, भुषालले भने अरुण तेश्रो जलबिद्युत आयोजना जस्ता राष्ट्यि महत्वका योजना रोक्ने एमाले नै हो, यती त्यति बेला एमालेले वल्र्ड बैकलाई चिठी लेखेर योजना खारेज गराएको हो ।

उनले अहिले कांग्रेस माओवादीको गठबन्धनको सरकारले देशभर लोडसेडिडं अन्त गर्दा केपी ओलीको टाउको दुख्नुनपर्ने भन्दै अरुण तेश्रो सम्पन्न भएको भए आज भन्दा ५१ बर्ष पहिले नै मुलुक अन्धकारमुक्त हुने जनाए ।

स्थानिय निकायको चुनावलाई इंगित गर्दै एमाले र माओवादी केन्द्र चुनाव रोक्न लागेको आरोप उनको छ । संबिधानको आदेश अनुसार २०७४ साल भित्र तिनवटा चुनाव सम्पन्न गर्न सम्भव नरहेकाले एकै चरणमा चुनाव सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

हाल सम्मका परिर्वतनको नेतृत्व नेपाली कांग्रेसले गरेकाले स्थानिय निकायको चुनावमा नेपाली कांग्रेसले जित्ने ठोकुवा उनको छ । उनले सबै परिर्वतन कांग्रेसको नेतृत्वमा भएकाले अबको आर्थिक क्रान्ति नेपाली कांग्रेसले मात्रै गर्न सक्ने उनको ठम्याई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com