चीनको सरकारलाई सहयोग गर्नेगरी अमेरिकामा पढ्न आउन प्रतिबन्ध


प्रकाशित मिति : जेष्ठ १७, २०७७ शनिबार

चीन सरकारको सैन्य नागरिक समायोजन रणनीतिमा सहयोग गर्नेगरी अमेरिकामा अध्ययनका लागि आउन अमेरिकी सरकारले जुन १ देखि प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक आदेश जारी गर्दै चीनको सरकारलाई सहयोग गर्नेगरी पढ्न आउने चीनका विद्यार्थीहरुको अमेरिका प्रवेशमा रोक लगाएका हुन् ।

यदि एफ वा जे भिसामा आउन चाहने चीनका विद्यार्थीहरुको सम्बन्ध चीनिया सरकारको सैन्य नागरिक समायोजन एमसीएफको रणनीतिलाई समर्थन गर्ने संस्थाहरुसँग भएको खण्डमा उनीहरुलाई अमेरिकामा अध्ययनमा प्रतिबन्ध लगाइने भएको छ । स्नातक भन्दा तलको अध्ययन गर्न आउनेहरु, अमेरिकी ग्रिनकार्डवाहकहरु, अमेरिकी नागरिक वा ग्रिनकार्डवाहकका दम्पत्तिहरुलाई भने यस्तो प्रतिबन्ध लाग्नेछैन ।

राष्ट्रपतिको घोषणाको पूर्ण पाठ यहाँ पढ्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै चीन सरकारको सैन्य नागरिक समायोजन रणनीति एमसीएफलाई समर्थन नगर्ने वा सम्बन्धित नभएको अध्ययन वा शोधका लागि पनि विद्यार्थीहरुलाई प्रतिबन्ध लगाइने छैन । यसबारे अमेरिकी सरकारकाले डिपार्टमेन्ट अफ स्टेट र होमल्याण्ड सेक्युरिटीले स्पष्ट निर्देशिका जारी गर्ने अपेक्षा गरिएको छ ।

चीनले आफ्नो सैन्य नागरिक फ्युजन कार्यक्रम अन्तरगत कैयन विद्यार्थीहरुलाई अमेरिकामा आएर अध्ययन वा रिसर्चका लागि सघाउने गरेको छ । जसअन्तरगत उनीहरु अमेरिकामा अध्ययन र रिसर्च सकेपछि चीन सरकारको सैन्य क्षमता बढाउनमा आफ्नो ज्ञान, सिप र प्रविधिको प्रयोग गर्छन् ।

अमेरिकामा पहिले नै एफा वा जे भिसामा आएर त्यस्तो अध्ययन वा रिसर्चमा लागिरहेकाहरुको भिसा खारेज गर्ने वा नगर्ने सम्बन्धमा पुनरावलोकन गर्न अमेरिकी विदेशमन्त्रालयलाई आदेश दिइएको छ । चीनबाट अमेरिकाको प्रविधि र बौद्धिक सम्पत्तिको अधिग्रहण रोक्न ६० दिनभित्र अन्य आप्रवासी र गैरआप्रवासी मापदण्ड बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बन्धित निकायहरुलाई निर्देशन समेत दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com