संयुक्त राष्ट्रसंघद्वारा रुकुम र देवदहका घटनामा स्वतन्त्र अनुसन्धान गर्न आग्रह


प्रकाशित मिति : जेष्ठ १७, २०७७ शनिबार

काठमाडौं ।

पश्चिम रुकुम र देवदहमा अन्तरजातीय विवाहको विषयलाई लिएर दलित युवा र दलित युवती सहित ६ जनाको ज्यान गएको घटनाप्रति संयुक्त राष्ट्र संघअन्तर्गतको मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर)ले गम्भीर चासो व्यक्त गरेको छ । ओएचसीएचआर प्रमुख मिशेल ब्याचलेटले शुक्रबार जेनेभाबाट विज्ञप्ति जारी गर्दै दुवै घटनामा शोक व्यक्त गर्दै स्वतन्त्र अनुसन्धान गर्नुपर्ने बताएकी छन् ।

नेपाल सबै प्रकारको जातीय विभेद उन्मूलन सम्मेलनको एक पक्ष राष्ट्र भएको स्मरण गराउँदै मिशेलले नेपालमा छुवाछूतको अन्त्य भएको भनिएपनि दलितहरूले गहिरो भेदभावको सामना गरिरहेका र यसले अन्तरजातीय विवाहसम्बन्धी मुद्दाहरूको बारेमा धेरै चिन्ताहरू पनि उठाएको औंल्याएकी छन् ।

‘गत एक साताको बीचमा नेपालमा अन्तरजातीय सम्बन्धका विरोधीहरूले रुकुम पश्चिममा ५ जना र रुपन्देहीको देवदहमा एक दलित किशोरीको  हत्या गरेको घटनाको निन्दा र शोक व्यक्त गर्दछु,’ मिशेलले उल्लेख गरेकी छन्, ‘यो दुःखलाग्दो कुरा हो कि २१ औं शताब्दीमा जाति आधारित पूर्वाग्रह हाम्रो संसारमा गहिरो रूपमा व्याप्त छ, र यी युवाहरूप्रति म शोकले भरिएको छु ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जातीय भेदभाव नेपालमा मात्र नभएर अन्य देशहरूमा पनि व्याप्त रहेको र यसले प्रायः गम्भीर क्षति निम्त्याउने हुँदा दिगो विकास लक्ष्य हासिल गर्न जातीय विभेद अन्त्य हुनुपर्ने मिशेलले उल्लेख गरेकी छन् ।

यसैगरी विज्ञप्तिमा रुपन्देहीको देवदहमा शंकास्पद रुपमा ज्यान गुमाएकी १२ वर्षीया दलित किशोरीको बारेमा अत्यन्तै चिन्ताजनक रिपोर्टहरू पनि आइपुगेको उल्लेख छ । उनीमाथि कथित उपल्लो जातको युवकले जबरजस्ती करणी गरेको, किशोरीलाई उक्त युवकसँग बलपूर्वक विवाह गराइदिन खोजिएको र सोही घटनाका कारण किशोरीको झुण्डिएर मृत्यु भएको रिपोर्ट उच्चायुक्त कार्यालयमा आएको मिशेलले उल्लेख गरेकी छन् ।

यो घटनाको पनि स्वतन्त्र अनुसन्धान हुनुपर्ने बताउँदै उनले पीडित परिवारले न्याय पाउनुपर्ने र सत्य तथ्य बाहिर आउनुपर्नेमा जोड दिएकी छन् । ‘नेपाली समाजमा दलित जातिगत तहको सबैभन्दा कम संख्यामा देखिन्छन्, परम्परागत रूपमा छुवाछुतको रुपमा विभेद गरिएको र उक्त हत्याले नेपालमा आक्रोश बढाएको छ,’ मिशेलले भनेकी छन्, ‘संवैधानिक ग्यारेन्टीहरूको बाबजुद नेपालमा जातीय विभेद र हिंसाको दण्डहीनता अझै उच्च रहेको छ, यस संकटलाई सम्बोधन गर्न नेपालले ठूलो कदम चालेको छ, तर समाजमा भएको यो उन्मूलनलाई उन्मूलन गर्न अझ धेरै गर्न बाँकी छ र गर्नु आवश्यक छ तर कोभिड १९को महामारीले उनीहरूको जोखिम बढाएको छ ।’

लकडाउन शुरु भएदेखि नै क्वारेन्टाइनहरुमा समेत दलितमाथि जातीय भेदभाव, बलात्कार, कुटपीट, जस्ता विभेदका धेरै घटनाहरू दलित कार्यकर्ता र पत्रकारहरूले रिपोर्ट गरेका मिशेलले उल्लेख गरेकी छन् ।

संसदको कानून, न्याय र मानव अधिकार समितिले जातीय विभेद र हिंसाका सबै घटनाहरूको छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको र संसदीय समितिले अधिकारीलाई दलित महिलाको सामूहिक बलात्कारका दुई घटनाका साथै हत्या, जबरजस्ती बेपत्ता पार्ने र जबरजस्ती गर्भपतन सम्बन्धी अन्य जातीय मुद्दामा तुरुन्त अनुसन्धान गर्न भनेको उनले उल्लेख गरेकी छन् ।

यो समाचार अनलाइन खबर बाट साभार गरेका हौं ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com