शीघ्र प्रकृया सुचारु : निश्चित ग्रिनकार्डका लागि आई १४० आवेदनको फैसला १४ दिनमा


प्रकाशित मिति : जेष्ठ १६, २०७७ शुक्रबार

युएससीआईएसले जुन १ देखि रोजगारमा आधारित ग्रिनकार्ड प्राप्त गर्नका लागि दिइने आप्रवासी आवेदन आई १४० को फैसला १४ दिनमा प्रदान गर्नका लागि शीघ्र प्रकृया सुचारु गर्ने भएको छ । रोजगारमा आधारित ग्रिनकार्ड प्राप्त गर्नका लागि आई १४० आवेदन स्वीकृत हुन जरुरी छ ।

यो आवेदन नियमित प्रकृयाबाट पनि दिन सकिन्छ । तर नियमित प्रकृयाबाट आवेदन दिंदा लामोसमय लाग्ने भएकाले १४ दिनभित्र निर्णय चाहनेले शीघ्र प्रकृयाको विधि अपनाउन सक्छन् । त्यसका लागि फर्म आई ९०७ भर्न जरुरी हुन्छ । शीघ्र प्रकृयाका लागि अनुरोध गर्दा अतिरिक्त १४४० डलर तिनुपर्छ ।

त्यस्तै जुन ८ देखि युएससीआईएसले गैरआप्रवासी कामदार भिसाका लागि फाइल गरिने फर्म आई १२९ आवेदनमा पनि शीघ्र प्रकृया सुरु गर्नेछ । तर पहिलो चरणमा जुन ८ भन्दा अगाडि फाइल गरिएका आई १२९ आवेदनका लागिमात्र शीघ्र प्रकृया सुरुवात गरिनेछ ।

त्यस्तै जुन १५ पछि युएससीआईएसले जुन ८ पछाडि फाइल गरिएका आई १२९ आवेदनका लागि शीघ्र प्रकृया सुरुवात गर्ने योजना बनाएको छ भने जुन २४ पछि अन्य प्राय सबै आई १२९ आवेदनका लागिमात्र शीघ्र प्रकृया सुरुवात गर्ने युएससीआईएसको योजना रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत मार्च २० मा कोरोनाको महामारीका कारण युएससीआईएसले आई १२९ र आई १४० आवेदनमा शीघ्र प्रकृया स्थगित गरेको थियो । मार्च २० भन्दा अगाडि शीघ्र प्रकृयाका लागि आवेदन दिएका तर कुनै निर्णय वा रिफण्ड नपाएका आवेदकले शीघ्र प्रकृयाका लागि पुन फाइल गर्नसक्ने जनाईको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com