अमेरिकामा अड्केका नेपालीलाई नेपाल फर्काउन दूतावासको पहल सुरु, भर्नुहोस् यो फर्म


प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहीबार

अमेरिकाको वासिंटन डिसीमा रहेको नेपाली दूतावासले लकडाउनका कारण अमेरिकाबाट नेपाल फर्कन नसकेका नेपालीहरुको विवरण संकलन सुरु गरेको छ । छिट्नै नेपाल फर्कने बाध्यतामा रहेका र दूतावासको कार्यक्षेत्रभित्र रहेका नेपालीहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्कने व्यवस्था गर्न फर्मको व्यवस्था गरिएको दूतावासले जनाएको छ ।

नेपाली दूतावासका तर्फबाट आज जारी सुचनामा भनिएको छ – ‘राजदूतावासको वेवसाइटमा रहेको दर्ता प्रणालीमा हालसम्म पनि दर्ता नगर्नुभएको महानुभावले तथा यसभन्दा अगाडि विवरण दर्ता गराइसक्नुभएका महानुभावले समेत विवरण अपूर्ण भएकाले आफ्नो विवरणहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन सादर अनुरोध गरिन्छ ।’

विवरण अद्यावधिक भए पश्चात नेपाल जाने सम्बन्धमा प्राथमिकता निर्धारण गर्न, नेपाल सम्मको पहुँच सुनिश्चित गर्न र नेपाल आगमन पश्चातको क्वारेन्टाइन आदिको व्यवस्थापन व्यवस्थीत गर्न पनि सहज र सहयोग पुग्ने भएकाले यथार्थ र सही विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।

नेपाल सरकारको मन्त्रिपरिषदको जेठ १२ को निर्णय बमोजिम स्वीकृत कोभिड १९ विश्वब्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थीतिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धि आदेश २०७७ बमोजिम दूतावासले पहल थालेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विवरण भर्नको लागि दूतावासको वेवसाइटमा रहेको यो लिंकमा क्लीक गर्नुहोला ।

विवरण भर्दा तत्काल नेपाल फर्कनु परेको कारण खुलाउनुपर्नेछ । त्यस्तै विवरण भर्दा नेपाल पुगेपछि आफ्नै खर्चमा तोकिएको होटल क्वारेन्टीनमा बस्ने वा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टीनमा बस्नेबारे खुलाउनुपर्नेछ ।

हवाई उडानबाट स्वदेश फर्कने व्यक्तिले हवार्य उडान गर्नु अगाडि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण पीसीआर, आरडीटी वा अन्यको प्रमाणपत्र साथमा राख्नुपर्नेछ ।

न्युयोर्कमा हुनुहुन्छ भने आफ्नो एन्टीबडी निशुल्क परीक्षण गराउन यहाँ क्लीक गर्नुहोला ।

स्थानीय क्वारेन्टीन वा होटल क्वारेन्टीनमा १४ दिन बिताएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोके बमोजिमको स्वास्थ्य सुरक्षा प्रणाली प्रोटोकलको पालना गर्नुपर्ने दूतावासले जनाएको छ । साथै नेपालको ठेगाना उल्लेख गर्दा क्वारेन्टीनको समय विताएपछि स्वास्थ्य सुरक्षा प्रोटोकल बमोजिम स्वास्थ्य परीक्षण गरेपछि आफू जाने घर, ठेगाना उल्लेख गर्नुपर्नेछ ।

यसरी नेपाल फर्कने व्यक्तिले हवाई उडान खर्च र होटल क्वारेन्टीन खर्च लगायतका सबै खर्च आफैले बेहोर्नुपर्ने दूतावासको सुचनामा उल्लेख छ ।

खसोखासलाई सहयोग गर्न चाहनुहुन्छ ? यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com